गैरसरकारी संस्था कैलालीको अध्यक्षमा रावल चयन
नेपालखोज
२०७८ फागुन १४ गते २२:३३

कैलाली । गैरसरकारी संस्था महासंघ कैलाली शाखाको अध्यक्षमा कर्ण रावल चयन भएका छन् । शनिबार बसेको संस्थाको १०औं भेलाले रावल नेतृत्वमा १३ जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्ष चेतमान साउँद, सचिवमा सरिता चौधरी, सह-सचिवमा देव विक, कोषाध्यक्षमा पवन भण्डारी चयन भएकी छन् । त्यस्तै सदस्यमा रक्षा मल्ल, नन्दराज भट्ट, सपना विसी, निर्मला वागचन, गोरख सार्की र अनिता जोशी सदस्यमा छानिएका छन् ।

महासंघका अध्यक्ष हेमकर्ण विकको अध्यक्षतामा भएको अधिवेशनमा केन्द्रीय सचिव भवराज रेग्मी प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको संस्थाका सचिव चेतमान साउँदले संचालन गरेका थिए ।
कैलालीको लम्की चुहानगरपालिका स्थायी घर भएका रावल सामुदायिक वन उपभोक्ता महासंघ कैलालीको अध्यक्षसमेत हुन् । रावल लामो समयदेखि सामुदायिक वन उपभोक्ता महासंघमा सक्रिय छन् ।

सम्बन्धित

प्रतिक्रिया