मंगलबार, वैशाख १६, २०८२

‘हरेक कदमको सहयात्री’ बन्दै अजोड !

नेपालखोज २०७८ फागुन १५ गते १०:४९

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड २०६४ सालमा स्थापना भएको हो । २०७५ असार २१ देखि निर्जीवन बिमा व्यवसाय गर्दै आएको यस कम्पनीले सफलतापूर्वक तीन वर्षको व्यावसायिक यात्रा पूरा गरेको छ । ‘शान्तिको धुन सँगै सुरक्षाको सुरुवात’ भन्ने नाराका साथ अजोड इन्स्योरेन्स कम्पनीले बिमा सेवा दिने गरेको छ ।

आजका दिनसम्ममा आइपुग्दा आफ्ना ग्राहकहरू माझ ‘हरेक कदमको सहयात्री’ बन्न सफल भएको छ । कम्पनी सञ्चालनमा आएको छोटो अवधिमा एक लाखभन्दा बढी बिमित ग्राहकसहित नेपाली बिमा बजारमा एउटा स्थापित कम्पनीका रुपमा परिचित गराउन सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले बताएका छन् ।

यस कम्पनीले २०७८ पौष मसान्तसम्ममा प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालय, १० वटा बिमा एक्टेन्सन काउन्टर र तीनवटा तेस्रोपक्ष बिमा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले थप दुई शाखा काठमाडौंको ठमेल र टोखामा स्थापना गरेको छ । एक उपशाखा बाग्लुङमा स्थापना गरेको छ ।

अजोड इन्स्योरेन्स छोटो समयमै देशमा राम्रो पहिचान कायम गर्न सफल भएको छ । यस कम्पनीले आ.व. ०७७/०७८ मा कुल बिमा शुल्क १ दशमलव ३१ अर्व रुपैयाँ आर्जन गर्न सफल भएको छ । कुल बिमा शुल्क गत आ.व. भन्दा ४८ दशमलव ९८ प्रतिशतले बृद्धि भएको कम्पनीको दाबी छ ।

नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डमा ८ दशमलव ६ करोड रुपैयाँ खुद नाफा र प्रचलित लेखामान प्रणालीबाट तयार गरिएको वित्तीय विवरणमा १० दशमलव २० करोड रुपैयाँ खुद नाफा देखिएको छ । यद्यपि, एनएफआरएस अन्तर्गत विभिन्न शीर्षकमा थप नोक्सानी व्यवस्था गर्नुका साथै प्रचलित लेखामान प्रणालीको खुद नाफाबाट विभिन्न कोषमा रकम छुट्याउनुपर्ने भएकाले सञ्चित मुनाफा नकारात्मक हुन गएको अध्यक्ष आजाद श्रेष्ठले जनाएका छन् ।

संचित मुनाफा सकारात्मक नभएसम्म नाफाबाट लाभांश वितरण गर्न नमिल्ने भएकोले लाभांश वितरण प्रस्ताव गर्न नसकिएको कम्पनीले जनाएको छ । विश्व बजारमा दिन प्रतिदिन बिमाको महत्व बढ्दै गइरहेको सन्दर्भमा नेपालमा पनि बिमाको क्षेत्र फराकिलो हुनुका साथै यसको दायरा समेत बढदै गइरहेको छ ।

बिमा व्यवसायमा प्रचुर सम्भावना रहेको यथार्थतालाई आत्मसाथ गर्दै अजोड कम्पनीले आफ्नो ध्यान उत्कृष्ट सेवामा केन्द्रित गरी ग्राहकहरुको मन जित्दै आफ्नो व्यवसाय थप विस्तार गर्दै देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न क्रियाशील छ ।

यस कम्पनीले अवलम्वन गरेका प्रभावकारी व्यवसायिक नीति, संस्थागत सुशानसनको सफल कार्यान्वयन र कम्पनीमा कार्यरत दक्ष व्यवस्थापन समूह तथा कर्मचारीहरूको कार्यदक्षताले नै विभिन्न सफलता प्राप्त भएका छन् । निर्जीवन बिमाको व्यावसायिक मूल्य एवं मान्यतामा रहँदै यस कम्पनीले सेवाग्राहीबीच आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।

त्यसैगरी कम्पनीमा कार्यरत मानव संशाधनको वृत्ति विकास, निर्जीवन बिमा व्यवसायको मेरुदण्ड बिमा अभिकर्ताको सीप विकास र संस्थागत सुशासन पालना गर्दै निर्जीवन बिमाको क्षेत्रमा विशेष पहिचान कायम गर्न सफल भएको छ । मुलुकको आर्थिक उन्नतिमा कम्पनीले योगदान पुर्याउँदै आएको तथा भविष्यमा थप बिमालेखहरू समेत प्रचलनमा ल्याई बिमाको पहुँच बिस्तार गर्दै लैजाने प्रतिवद्धता अजोड इन्योरेन्सको छ ।

कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइलमा कम्पनीको जिंगल पिआरबिटी धून बज्ने व्यवस्था पनि गरिएको छ । जम्मा ७२ कार्यालयहरूमार्फत बिमा सेवा प्रदान गर्न कम्पनी सक्षम भएको पनि प्रमुख कार्यकारी अधिकृत खत्रीले जनाएका छन् ।

अजोडले चालु आ.व. मा कोटेश्वर, काठमाडौंमा शाखा कार्यालय, काँकडभिट्टा झापा, पथरी मोरङ, रंगेली मोरङ, हरिवन–लालबन्दी सर्लाही, गौर रौतहट, सन्धीखर्क अर्घाखाँची, महादेवबेशी धादिङ, आबुखैरेनी तनहूँ, वालिङ स्याङ्जा, नयाँबजार दैलेख र कोहलपुर बाँकेमा उपशाखा कार्यालय तथा रानी भन्सार विराटनगर, घोराही दाङ, छिन्चु सुर्खेतमा बिमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बिमा समितिबाट स्वीकृतप्राप्त ठमेल र टोखांमा शाखा कार्यालय तथा बाग्लुङ बजारमा उपशाखा कार्यालय सञ्चालनमा ल्याउने प्रक्रियामा कम्पनी रहेको छ ।सरकारले लिएको लक्ष्यअनुरुप बिमाको दायरा वृद्धि गर्न र ग्रामीण स्तरसम्म बिमा सेवाको पहुँच बढाउनका लागि कम्पनीले देशका विभिन्न स्थानहरूमा शाखा–उपशाखा कार्यालय तथा बिमा एक्सटेन्सन काउन्टरहरूमार्फत बिमा सेवा प्रदान गर्दै आएको छ ।

यस कम्पनीले देशका शहरोन्मुख ग्रामीण क्षेत्रहरू पूर्वीरुकुम, बुर्तिबांग बाग्लुङ, पालुङटार गोरखा, महादेवबेशी धादिङ, पथरी मोरङ, रंगेली मोरङ, काँकडभिट्टा झापा, गौर–रौतहट, लुम्बिनी रुपन्देही, आबुखैरेनी तनहुँ, नयाँबजार दैलेख, भुमही रुपन्देही, बेशीशहर लमजुङ, मिर्चैया सिराहा, फिक्कल इलाम, फिदिम पाँचथर, फुङलिङ ताप्लेजुङ, छिन्चु सुर्खेत, सुनौली भन्सार कार्यालय भैरहवा, मेची भन्सार कार्यालय काँकडभिट्टा र रानी भन्सार विराटनगरमा बिमा सेवा सञ्चालनमा ल्याएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गत आ.व.मा नेपाली बिमा बजारमा प्रत्यक्ष असर परे तापनि यस कम्पनीले लिएको वार्षिक लक्ष्यांकभन्दा करिब २६ करोड रुपैयाँ बढी बिमाशुल्क आर्जन गर्न सफल भएको थियो । साथै चालु आ.व. का लागि यस कम्पनीले वार्षिक लक्ष्यांक १७० करोड रुपैयाँ लिएकोमा कोभिड-१९ का प्रत्यक्ष असरका बाबजुद पौष मसान्तसम्ममा ७९ दशमलव २१ करोड बिमाशुल्क आर्जन गर्न सफल भएको कम्पनीको दाबी छ ।

चालु आ.व.को पौष मसान्तसम्म कम्पनीको प्रधान कार्यालय लगायत प्रदेश र शाखा–उपशाखा कार्यालय तथा बिमा एक्सटेन्सन काउन्टरहरूमा समेत गरी ३०१ जना कर्मचारीहरू कार्यरत रहेका छन् । संस्थागत बिमा अभिकर्ता ३२, आधारभूत बिमा अभिकर्ता ३३८, कृषि तथा पशु बिमा अभिकर्ता २५३ कार्यरत छन् । साथै चालु आ.व. मा २७ जना बाली तथा पशुपन्छी बिमा क्षति मूल्यांकनकर्ताको तालिममा सहभागी भएका छन् ।

कम्पनीले आफ्ना ग्राहकहरूका लागि ३६५ दिन नै बिमा सेवा उपलब्ध गराउँदै आएको छ । विश्वव्यापी रुपमा आएको वातावरणीय प्रभावका कारण जलवायु परिवर्तनबाट सिर्जित प्राकृतिक प्रकोपबाट नेपाली बिमा बजार अछुतो रहन सकेको छैन । जसका कारण दिन प्रतिदिन बिमा दावीमा बृद्धि हुँदै आएको छ । यसका लागि कम्पनीले आगामी दिनमा प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्ने गरी बिमा व्यवसाय गर्ने ब्यवस्था मिलाउने भएको छ ।

मेरुदण्डका रुपमा रहेको दावी भुक्तानी प्रक्रियालाई छिटो, छरितो, चुस्त र पारदर्शी बनाउने उद्देश्यले फास्ट ट्रयाक दावी भुक्तानी नीति अबलम्बन गर्दै दुई लाखसम्मको दावी तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । कम्पनीले दावी भुक्तानी प्रक्रियालाई ब्यवस्थित र भरपर्दो बनाउन स्वास्थ्य र मोटर वीमाको उपचार खर्चलाई नगदरहित बिधिबाट दावी भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीले प्रदान गर्ने बिमा सेवालाई छिटो, छरितो, भरपर्दो र स्तरिय बनाउनका लागि वेब बेस सिस्टम, अनलाइन पोलिसी, कम्प्युटर विलिङको व्यवस्थाका साथै अन्य आवश्यक कार्यहरू प्रक्रियामा रहेका छन् । प्रविधिमा आधारित बिमा सेवा प्रदान गर्ने उद्देश्यअनुरुप कम्पनीले इन्टिग्रेटेड एमआईएस, इन्भेस्टमेन्ट सफ्टवेयर, ग्रुप एसएमएस सिस्टम र अजोड च्याट बोर्डको शुरुवात गरेकोे छ ।

त्यसैगरी डिजिटल पेमेन्ट गेटवेका लागि कम्पनीले आइएमएई पे, खल्ति सेल पे, एनआइसी एसिया मर्चेन्ट म्यानेटजमेन्ट सर्भिस ,आईएमइ पे, प्रभु पे, ई–सेवा, पे वेल, कनेक्ट आईपीएस आदि सेवाहरूको शुरुवात पनि गरिसकेको छ । हालै यस कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीको प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्ने गरी सम्झौता गरी कार्यन्वयनको प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीलाई आजको दिनसम्म सफलतापूर्वक सञ्चालन गर्न नेपाल सरकारका सम्बन्धित निकायहरू, बिमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, पुनर्बीमा कम्पनीहरू, ब्रोकर कम्पनी तथा अन्य नियमनकारी निकायहरूको भूमिका छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरू, अन्य बिमा कम्पनीहरू, बिमा अभिकर्ता, सर्भेयर, बाह्य लेखापरीक्षक, आन्तरिक लेखापरीक्षक, सेयरधनीहरू, व्यवस्थापन समूह, कर्मचारी, सम्पूर्ण सेवाग्राही बिमितहरू एवं शुभेच्छुकवर्गको योगदान रहेको अजोड इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया