मंगलबार, वैशाख २५, २०८१

‘विश्व रेकर्ड राख्ने उद्देश्यले हिमाल चढेको होइन’

हिमाल चढ्दा अक्सिजन अभाव भयो भने दिमागले केही काम गर्दैन । हातखुट्टाले पनि राम्रो काम गर्दैन ।

नेपालखोज २०७८ फागुन १५ गते १२:३२

हिमाल आरोही फुर्वा तेन्जिङ शेर्पाको बाल्यकाल दोलखाको रोल्वालिङमा बितेको थियो । उनी १७ वर्षको उमेरदेखि हिमाल चढेका हुन् । उनले हिमाल चढेर विश्व रेकर्ड पनि कायम गरेका छन् । उनी अहिलेसम्म १४ पटक हिमाल चढेका छन् । २४ वर्षको उमेरमा नौचोटि चढें । विनाअक्जिन पनि चढेका छन् । नेपालखोजका लागि केशव भट्टराईले फुर्वाका हिमाल चढ्दाका अनुभवमा आधारित हुँदै कुराकानी गरेका छन् । प्रस्तुत छ फुर्वासँगको कुराकानी :

सगरमाथामै मैले मेरो दाइ गुमाएँ । सन् २०१५ मा भूकम्पमा पनि मानवीय क्षति धेरै भयो । धेरैजना घाइते भए । पाँचजना बेस क्याम्पमै बिते ।

हाइलाइट्स
–१६ वर्षको उमेरमै हिमाल चढें । त्यतिखेर मलाई उमेरसँग सरोकारै भएन, किन भने म दोलखाको रोल्वालिङ गाउँ हिमालमै जन्मिएको थिएँ । हिमाली क्षेत्रमै दुःख गरेर हुर्किएको हुँ ।
–विदेशीलाई हिमाल चढाउने काम एउटा ड्युटी थियो । बाटो बनाउँदै जानुपर्छ । सीधै माथि जाने कुरा हुँदैन । बेस क्याम्प पुगिसकेपछि क्याम्प फोरसम्म हामीले डोरी टाँग्दै, बाटो बनाउँदै–फर्किंदै, खानेकुरा र अक्सिजन पुर्याउँदै, फेरि फर्किंदै त्यसो गर्दागर्दा २०–२५ दिन लाग्छ ।
–क्याम्प फोर भनेको अन्तिम हो, त्यसका लागि हामीलाई धेरै दुःख हुन्छ । रक्की, आइस पार्ट, स्नो पार्ट, भूगोल सबै हेरेर सामान लानुपर्ने हुन्छ । त्यहीअनुसार बाटो बनाउनुपर्ने हुन्छ ।
–सन् २००७ मा चाइना साइटबाट १० दिनमा दुईपटक, २००८ मा नेपाल साइटबाट तीन दिनमा दुईचोटि, लगातार चढ्दै जाँदा २४ वर्षको उमेरमा नौचोटि चढेँ ।
–सगरमाथामा विदेशीलाई चढाउँन जाँदा विशेषगरी क्लाइम्बिङ शेर्पाले कम्तीमा पनि ३० किलो सामान बोक्नुपर्छ । चढ्नेले अक्सिजन, चक्लेटलगायत अत्यावश्यक सामान मात्रै बोक्छ ।
–नभुल्ने घटना भनेको सगरमाथामै मैले मेरो दाइ गुमाएँ । त्यसैगरी सन् २०१५ मा भूकम्पमा पनि मानवीय क्षति भयो । धेरै घाइते भए । पाँचजना बेस क्याम्पमै बिते । भूकम्पका बेला म पनि हिमालमै थिएँ ।
–हिमाल चढ्दा अक्सिजन अभाव भयो भने दिमागले केही काम गर्दैन । हातखुट्टाले पनि राम्रो काम गर्दैन ।
–शेर्पा हिमाली भेकमा जन्मिएका हुन् । शेर्पा भनेका हिमालका पहिचान हुन् ।

प्रतिक्रिया