प्रदेश १ प्रदेशसभाको बैठक बस्दै
नेपालखोज
२०७८ फागुन १५ गते १०:०२

विराटनगर । प्रदेश १ प्रदेशसभा बैठक आज (आइतबार) बस्ने भएको छ । मुख्यमन्त्री राजेन्द्र राईले मंसिर १ गते विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक आज बस्न लागेको हो । प्रदेश संसदको नवौं तथा हिउँदे अधिवेशनको सातौं बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।
प्रदेशसभा बैठकअघि विहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने छ । बैठकको सम्भावित कार्यसूची प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ माथिको छलफल हुने जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया