व्याख्यात्मक टिप्पणी एमसीसी पास गर्न बेतुकको नाटक : नेकपा एमाले

नेपालखोज २०७८ फागुन १५ गते ११:५२

काठमाडौं । नेकपा एमालेले प्रतिनिभिसभा बैठकमा अबरोध कायमै राख्ने भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कुनै पनि अवस्थामा एमसीसीको पक्ष र विपक्षमा नउभिने स्पष्ट पारे ।

गठबन्धन व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्न तयार भएको छ । भट्टराईले गठबन्धनले जनता जुक्कयाउने काम गरेको आरोप लगाए । उनले जनता पनि आफैं सडकमा ल्याउने र पास पनि आफैं गर्ने नाटकमञ्चन गठबन्धनले गरेको आरोप लगाए ।

एमसीसी देशमा ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै रहेको उनको दाबी छ । उनले एमसीसीका सन्दर्भमा एमालेले धारणा नबनाउने स्पष्ट पारे । उनले एमालेको माग पुरा नभएसम्म संसदीय गतिविधिमा भाग नलिने बताए । एमाले आफ्नो माग र अडानबाट पछि नहट्ने पार्टी भएको उनको दाबी छ ।

उनले एमसीसी पास गर्न बेतुकको टिप्पणीको कुरा भइरहेको बताए । उनले प्रचण्ड र माधव एमसीसीको विपक्षमा कहिले पनि नरहेको बताए । उनले जनतालाई सडकमा ल्याएर जनताको भावनामाथि प्रहार गरिएको बताए । उनले प्रचण्ड र माधवलाई सत्ताबाट बाहिरिनुपर्ने डरले जस्तो सुकै सम्झौता गर्न पनि पछि नहट्ने बताए । उनले भने, ‘प्रचण्डलाई सत्ताभन्दा देश प्यारो कहिले भएन । उहाँ बाहिर एउटा कुरा गर्ने र भित्र अर्कै सम्झौता गर्ने मान्छे हो । उहाँको बारेमा मलाई भन्नु केही छैन् ।’

प्रतिक्रिया