मन्त्रिपरिषदले ग्रहण गर्‍यो एमसीसीको व्याख्यात्मक घोषणा

नेपालखोज २०७८ फागुन १५ गते १९:१९

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्याख्यात्मक घोषणा ग्रहण गर्ने निर्णय गरेको छ । संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

घोषणामा एमसीसीलाई नेपालको विकास निर्माण क्षेत्रमा मात्रै उपयोग गर्ने, सैन्य सम्झौताबाट टाढै रहने, एमसीसीभन्दा नेपालको संविधान माथि रहने लगायतका ११ वटा विषय समावेश छन् ।

त्यस्तै लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्ने, आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्ति नेपालको नै हुने र विद्यमान नेपालको कानुनअनुसार नै निर्देशित हुने घोषणा गरिएको छ ।

प्रतिक्रिया