आवास निर्माणमा श्रमदान गर्न आह्वान

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आवास निर्माणमा श्रमदान गर्न आह्वान गरेको छ । संस्थाले फागुन १६ गते आज वत्तीय संस्थाको तेसो वार्षिक उत्सवको उपलक्ष्यमा सम्पुर्ण शाखाहरुमार्फत विभिन्न सामाजिक कार्य गरी वार्षिक उत्सव मनाएको छ ।
यस अन्र्तगत संस्थले थ्री जीरो क्लव तथा नवविहानी समूहको संयुक्त आयोजनामा विराटनगर १२ बखरी, सम्पन्न वस्तीमा जीवन विकासको आव्हान आवास निर्माणमा श्रमदान नाराका साथ घर निर्माणमा श्रमदान गरिएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लगायत केन्द्रीय कार्यालयका कर्मचारीहरु, जिल्ला प्रमुखहरु, शाखा प्रमुख तथा शाखाका कर्मचारीहरु, नव विहानी समूहका सदस्यहरु, थ्रीजीरो क्लवका सदस्यहरु, वित्तीय संस्थामा आबद्ध सदस्यहरु, स्थानीय संघ संस्थातथा स्थानीय समुदाय गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाहो । हाल २१ वटामा जिल्लामा आफ्ना १४६ वटा शाखाहरु मार्फत तीन लाख २४ हजार परिवारलाई वित्तीय सेवाको साथै सामाजिक तथा डिजिटल सेवा समेत प्रदान गरिरहेको छ ।








प्रतिक्रिया