आइतबार, जेठ ६, २०८१

दिव्य दृष्टिको प्रतीक तेस्रो नेत्र

नेपालखोज २०७८ फागुन १७ गते ६:५१

महाशिवरात्रिका दिन भगवान् शिवको पूजा ठूलो उत्साह र धुमधामका साथ गरिन्छ । त्यसो त भगवान् शिवका कैंयन् रूप छन् । भगवान् शिव गलामा नागराज सजिएका छन् भने शिवजीको तेस्रो नेत्र पनि चर्चित छ । यो तेस्रो नेत्रलाई लिएर अलग्गै धार्मिक मान्यता छ । भगवान शिवको तेस्रो नेत्रका बारेमा अनेक कथा सुनिए पनि यो एउटा रहस्य नै लाग्छ ।

दिव्य दृष्टिको प्रतीक तेस्रो नेत्र
धार्मिक मान्यताअनुसार भगवान् शिवको तेस्रो नेत्र दिव्य दृष्टि हो । यो दिव्य दृष्टि बाट कुनै पनि कुरा लुक्न सक्दैन । भोलेनाथको तेस्रो नेत्र ज्ञान नेत्र जस्तै हो जसले आत्मज्ञानको अनुभूति गराउँछ । यो तेस्रो नेत्रको मद्दतले भगवान् शिवले तीनवटै लोकको गतिविधिमा नजर राख्छन् । महादेवको यो तेस्रो नेत्र हर चीजको अनन्त गहराई बुझ्न् सहयोगि हुन्छ ।

शक्तिको केन्द्र तेस्रो नेत्र
भगवान शिवको तेस्रो नेत्र पनि उनको शक्तिको केन्द्र हो । यसबाट उनको छवि निकै प्रभावशाली पनि भएको छ । भनिन्छ भगवान शिवको तेस्रो नेत्र खुल्यो भने पुरा सृष्टि भस्म हुनेछ ।

अन्य कथा
भगवान् शिवको तेस्रो नेत्रका सन्दर्भमा धार्मिक ग्रन्थहरुमा अनेकौं कथा पढ्न पाइन्छ । यस्तै एक कथा अनुसार जब भगवान शिव ध्यानमा लीन थिए तब माता पार्वतीले आफ्ना दुबै हत्केलाले उनको आँखा छोपिदिइन । त्यस पछी पुरै सृष्टिमा अध्याँरो छायो । त्यति बेला महादेवले आफ्नो तेस्रो नेत्रमा यति प्रकाश हाले कि त्यस बाट सारा पृथ्वी जल्न थाल्यो । यो देखेर माता पार्वतीले तत्काल आफ्नो हात महादेवको आँखाबाट हटाइन र सबै कुरा सामान्य अवस्थामा आयो । यसबाट के बुझिन्छ भने भगवान् शिवको एउटा आँखा सूर्य समान छ भने अर्को आँखा चन्द्रमा समान छ ।

एउटा अर्को कथाअनुसार एक पटक दक्ष प्रजापतिले भव्य हवनक‍ो आयोजना गरे । उक्त हवनमा माता सती तथा भगवान शिवलाई आमन्त्रित गरिएको थिएन । माता सतीलाई शिवजीको यो अपमान सहन भएन र उनले आत्मदाह गरिन । यो घटना पछि भोलेनाथ यति बिचलित भएकि उनि वर्षों सम्म घोर तपस्यामा लिन भए । कालान्तरमा माता सतीले हिमालय पुत्रीका रूपमा पुनः जन्म लिइन तर भगवान शिव आफ्नो ध्यानमा यति लीन थिए कि उनलाई यस बिषयमा केहि थाहा भएन ।

यता सबै देवी-देवता माता पार्वती चाँडोभन्दा चाँडो शिवका साथ एक हुन भन्ने चाहन्थे । यद्यपि उनीहरुको सबै प्रयास असफल भयो । अन्त्यमा भगवान कामदेवलाई मदतका लागि बोलाइयो । कामदेवले विभिन्न तरीकाले भगवान शिवको ध्यान तोडने प्रयास गरे तर उनी पनि असफल भए । त्यस पछी कामदेवले एउटा आँपको रुख पछाडिबाट फूलको वाण चलाए जुन सीधा शिवजीको हृदयमा गएर लाग्यो, जसका कारण उनको हृदय विचलित भयो ।

ध्यान भंग भएकाले महाकाल यति क्रोधित भए कि उनले आफ्नो तेस्रो नेत्रले कामदेवलाई भस्म गरिदिए । यद्यपि जब भगवान शिवको क्रोध शान्त भयो तब भगवान कामदेवकी पत्नी रतिले भगवान शिव सँग आफ्ना श्रीमान लाई पुनर्जीवित गरिदिन आग्रह गरिन् । रतिको अनुग्रहपछि शिवजीले कामदेव द्वापर युगमा भगवान कृष्णको पुत्रका रूपमा फेरि जन्मने कुरा बताए ।

प्रतिक्रिया