नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा पुन: पोखरेलको उम्मेद्वारी

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनको आठौं अधिवेशनमा वर्तमान अध्यक्ष गोपाल पोखरेलले पुनः अध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् । आठौं महाधिवेशनमा अध्यक्ष पदका आकांक्षीहरु युनियनको पूरा कार्यकाल नबित्दै अवकाश पाउने भएपछि अधिकांश मतदाताको दबाबमा उनले उम्मेद्वारी दिन लागेका हुन् ।
अध्यक्ष पोखरेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिव र केही पदाधिकारीको टिम घोषणासमेत भएको छ । पोखरेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा उत्तम कट्वाल, महासचिवमा दुर्गा फुँयाल, उपाध्यक्षमा यज्ञ वली उम्मेद्वार बन्ने तय भएको छ ।
त्यसैगरी प्रदेश उपाध्यक्षहरुमा एक नम्बर प्रदेशबाट मानबहादुर वन, मधेस प्रदेशबाट राजकिशोर राउत, वाग्मतीबाट दीपकराज मिश्र, गण्डकीबाट दीपक रेग्मी, लुम्बिनीबाट मदन गौतम, कर्णालीबाट चन्द्रबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट चेतराज जोशीले उम्मेद्वारी दिने तय भएको छ ।
पोखरेल नेतृत्वको समूहमा सचिव पदमा जगतबहादुर पाठक, कुलप्रसाद भट्टराई, झविन्द्र पोखरेल, दिनेश पोखरेल, कृष्ण सेजुवाल, हरि क्षेत्रीलगायतका आकांक्षी देखिएका छन् ।
पोखरेल समूहले सचिव पदको टुंगो लागेसँगै सिँगै समूहको उम्मेद्वारी घोषणा गर्ने भएको छ ।
नेपाल निजामती कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुन २१ देखि २३ गतेसम्म महाधिवेशन हुँदै छ । कोरोना संक्रमणका कारण गत माघ ८-१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो ।

प्रतिक्रिया