सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७८ फागुन १७ गते ११:३१

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ६ सय रूपैयाँले घटेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ६ सय रूपैयाँले घटेको छ । आज तेजाबी सुन ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया