काठमाडाैं । पशुपतिनाथमा दर्शन गर्ने राम्रो व्यवस्था गरिएको भन्दै दर्शनार्थीहरुले खुशी व्यक्त गरेका छन । महाशिवरात्रीको अवसर पारेर मंगलबार बिहानै पशुपतिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीहरुले सहज र आनन्द हुनेगरी दर्शन गर्ने व्यवस्था गरेको भन्दै खुलेर प्रशंशा गरेका हुन ।
काठमाडौं कलंकीकी नारायणी खड्काले धेरै आनन्दसँग पशुपतिनाथको दर्शन गर्न पाइएको बताउनुभयो । ज्येष्ठ नागरिकसहित दर्शन गर्न पुग्नु भएकी उहाँले दर्शन गर्नेहरुले विगतमा जस्तो भिड व्यहोर्नु नपरेको अनुभव पनि सुनाउनु भयो ।धेरै व्यवस्थित ढंगले पशुपतिनाथको दर्शन गर्ने व्यवस्था गरेको स्याङजा गल्याङकी माया तिवारीले बताउनु भयो । उहाँले मज्जाले दर्शन गरिएको भन्दै खुशी व्यक्त गर्नु भयो ।
बाइट…माया तिवारी, दर्शनार्थी
काठमाडौं मनमैँजुकी शान्ता थपलियाले विगतका वर्षहरुमा भन्दा यो वर्ष दर्शन गर्ने अत्यन्तै राम्रो व्यवस्था भएको बताउनु भयो । उहाँले स्वयम्सेवकहरुको सक्रियताले पनि दर्शनार्थीहरुलाई पशुपतिनाथको दर्शन गर्न धेरै सहज भएको बताउनु भयो ।
बाइट…शान्ता थपलिया, दर्शनार्थी
दर्शनार्थींहरुका अनुसार यो वर्ष पशुपतिनाथको सजावट पनि विगतको भन्दा राम्रो गरिएको छ । यसैबीच, पशुपति क्षेत्र विकास कोषले यो वर्ष करिव १३ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको जनाएको छ ।

प्रतिक्रिया