आन्तरिक रेमिट्यान्समा अब प्रतिव्यक्ति प्रतिकारोबार सिमा २५ हजार

नेपालखोज २०७८ फागुन १८ गते १९:०८

काठमाडौं । आन्तरिक रेमिट्यान्समा अब प्रतिव्यक्ति प्रतिकारोबार सिमा २५ हजार रुपैयाँ मात्र कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले आज स्वेदशमा रकम स्थान्तरण गर्ने व्यवस्थामा संसोधन गर्दै उक्त नीति कार्यान्वयनमा ल्याएको हो ।

यो नीति कार्यान्वयनमा आएपछि राष्ट्र बैंकबाट अनुमति प्राप्त रेमिट्यान्स कम्पनी तथा उक्त रेमिटेन्स कम्पनीका सब ऐजेन्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन २५ हजार रुपैयाँसम्मको मात्र कारोबार गर्न सक्नेछन् ।

यसअघि यस्तो कारोबारको सिमा एक लाख रुपैयाँसम्म रहेको थियो । तर विदेशबाट नेपालस्थित सम्वन्धित व्यक्ति वा आफन्त (वेनिफिसियरी) लाई पठएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सिमा भने यथावत राखिएको परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया