सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

नेपालखोज २०७८ फागुन १९ गते ११:२५

काठमाडौं । सत्ताधारी दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । बैठकमा समसामयिक विषयमा छलफल भईरहेको छ । सत्तारूढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको जनाइएको छ ।

एमसीसी अनुमोदन गरेर गठबन्धन अझ बलियो बनाएको सत्तागठबन्धनको आजको बैठकले महत्त्वपूर्ण निर्णय गर्ने भएको छ । बैठकमा स्थानीय चुनाव, चुनावी गठबन्धन, संवैधानिक तथा राजनीतिक नियुक्तिलगायतको विषयलाई छलफलको एजेण्डा बनाइएको वुझिएको छ ।

प्रतिक्रिया