हाम्रा माओवादी जहीँका त्यहीं

एमसीसीलाई लिएर माओवादी केन्द्रमा उत्पन्न विवाद हेर्दा मलाई यो ‘कल्चरल फ्रिज’ को अवस्था हो जस्तो लाग्छ । मूल थलो छाडेर अन्त पुगेकाहरू आफूले बोकेर ल्याएको संस्कृतिलाई नै सबैथोक मानेर बस्छन् जब कि मूल थलोमा संस्कृति विकास गरेर धेरै अगाडि पुगिसकेको हुन्छ । जस्तो कि माओवादको उद्गमस्थलमा माओवाद कहाँबाट कहाँ पुगिसक्यो तर हाम्रा माओवादी जहिंका त्यहीं छन् ।
एमसिसीको अनुदान पाए स्वयं चीनले सहर्ष स्वीकार गर्थ्यो होला तर यिनलाई त्यसमा साम्राज्यवादको दुर्गन्ध आउँछ । यही मुद्दामा पार्टी फुटाउन उद्धत देखिन्छन् । अरू जे विवाद गरे पनि पार्टी फुटाएर लोकलाई नहँसाऊ । यो ‘कल्चरल फ्रिज’को अवस्थाबाट माथि उठौं !
कृष्ण पोखरेल
प्रतिक्रिया :
तर सर माधव नेपाललाई त यो सुझाव आएन त ?
श्याम पोखरेल
माओवादको उद्गमथलो भनेको कहाँ होला सर ? चीनले त कहिल्यै पनि माओवाद लागु छ हाम्रो देशमा भनेर उच्चारण गरेको सुनिएन ।
राजन पाण्डे
एमसीसीको अनुदान पाए स्वयं चीनले सहर्ष स्वीकार गर्थ्यो होला तर यिनलाई त्यसमा साम्राज्यवादको दुर्गन्ध आउँछ । -साह्रै मन पर्यो सरको भनाइ ।
चण्डिका पौडेल
यसलाई अब कसरी विकास गर्न विकासको स्तर कसरी बढाउने बहसका रुपमा लिनुपर्छ, यसलाई अब कसरी विकास गर्न विकासको स्तर कसरी बढाउने बहसका रुपमा लिनुपर्छ ।
भूमि न्यौपाने
कडा कुरा गरेर जनतालाई उल्लू बनाउनेहरू आफैं उल्लू भइसके , नाङ्गिइसके । हाँस्नलाई बाँकी केही छैन….!
नारायण तिवारी
प्याज बढी खान खोज्दैछन केही मुल्लाहहरू ।
युवराज आचार्य
“न्यानो थाङ्नाको तातो” रहुञ्जेल राष्ट्रघात पनि रातारात राष्ट्रवादमा बदलिएको अवस्थालाई पनि पार्टीको ‘विकसित कल्चर’ मानिदिएपछि प्रोब्लम नै सल्भ ।!!
रामचन्द्र गंगाधर राजेन्द्र
सही कुरा ! तराई झरेको केही बर्ष पछि जन्मथलो पर्वत पुग्दा त्यस्तै अनुभव भयो । खाना खाँदा धोति फेरेर खाने चलन पुरै परिवर्तन भएको, लवाइ खवाइ पुरै फेरिएको । रौसी सौसी पनि सर्वसुलभ भैसकेको आदि इत्यादि !
भरत पोखरेल
देशै नरहने भन्ने त किन हुन्थ्यो र ? कसैले हडप्न खोजे हाम्रो राष्ट्रबाद जागिहाल्छ । युक्रेनका राष्ट्रपति लडाईंमा छन । हामी के चुप लागौंला र ? हाम्रा नेताहरु त जहिले पनि अग्रमोर्चामै भिड्छन !
हरि थापा
एमसीसी बहाना मात्र हो,मन्त्रिमण्डलमा भाग नपाएर हो ।
श्याम अधिकारी
आफूलाई अरुभन्दा शुद्ध र सही विचार बोकेको भन्ने देखाउनुपर्ने रोग नै हो यो । समाजले कुरिकुरी गरिरहेको यिनीहरुलाई हेक्का छैन ।
गिरीश प्रमिला पोखरेल

प्रतिक्रिया