शनिबार, असार २१, २०८२

प्रचण्ड-माधवसँग गठबन्धन गरे कांग्रेस दुर्गन्धित हुन्छ : उपसभापति गुरुङ

नेपालखोज २०७८ फागुन २१ गते १३:५६

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माधव-प्रचण्डलाई चमेराको संज्ञा दिएका छन् । कांग्रेस निकट निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा उनले कांग्रेसलाई भने हात्तीको संज्ञा दिए ।

उनले कांग्रेस हात्ती भएको र हात्तीको ठूलो कानमा चमेरोहरू ओत लाग्न खोजेको बताए । उनले भने, ‘हात्तीको ठूलो कान देखेर चमेरोहरू ओत लाग्न खोज्दैछन् । चमेरोहरूलाई हात्तीले सहयोग गर्न सक्दैन । त्यसले हात्तीलाई दुर्गन्धित बनाउन सक्छ । हामी लम्किँदा मुसाले बाटो काट्दैमा केही हुँदैन।’

उपसभापति गुरूङले अमेरिकन सहयोग परियोजना एमसिसी पारित गर्न कांग्रेस नेतृत्वको सरकार अघि बढ्दा विरोध गर्ने राजनीतिक दलहरूले विरोध गरे पनि त्यसले कुनै असर नपरेको बताए। उनले भने, ‘कांग्रेस हात्ती हो हात्ती लम्किरहन्छ। हात्ती लम्किँदा कहिलेकाही कुकुरहरू भुक्ने गर्छन् । धेरै दिन भएको छैन । कांग्रेसरुपी हात्ती लम्किरह्यो तर, हात्ती लम्किँदै बानेश्वर पुग्यो। बानेश्वर पुग्दै गर्दा केही कुकुर भुके। तर, एमसिसी पास भयो।’

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चुनावमा कांग्रेस एक्लै लड्ने रोडम्याप तयार रहेको बताए । नेकपा माओवादी केन्द्र र नेकपा एसले चुनावमा गठबन्धन गर्न दबाब दिइरहेकोप्रति कांग्रेसलाई केही फाइदा नहुने गुरुङले बताए । गुरुङले २०७९ साल चुनावी वर्ष रहेको बताए ।

प्रतिक्रिया