मंगलबार, वैशाख २५, २०८१

फिल्म ‘प्रेमगन्ज’को प्रदर्शन मिति घोषणा

नेपालखोज २०७८ फागुन २१ गते १५:०७

काठमाडौं । फिल्म ‘प्रेमगन्ज’को प्रदर्शन मिति तय गरिएको छ । फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुको शुभकामनासहित आउने भदौ ३ गतेबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरिएको हो ।

निर्माण टिमले सार्वजनिक गरेको भिडियो नीर शाह, विकासराज आचार्य, नरेन्द्र महर्जन, छवि ओझा, दीपेन्द्र के खनाललगायत व्यक्तिहरुले फिल्मलाई दिएको शुभकामनासहित प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणामा केही फरक पन दिएको हो ।

यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दै छन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय छ । सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

स्पट ब्वायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

प्रतिक्रिया