आन्तरिक हवाई उडानको भाडा बढ्यो, कहाँ जान कति रुपैयाँ ?
नेपालखोज
२०७८ फागुन २१ गते १६:५७

काठमाडाैं । आन्तरिक हवाई उडानको भाडा बढेको छ । फागुन २२ गते अर्थात् भोलिदेखि लागू हुने गरि नेपाल वायुसेवा संचालक संघले आन्तरिक तर्फको हवाई भाडा बढाएको हो ।
नयाँ भाडादर अनुसार सबैभन्दा बढी विराटनगर-नेपालगञ्ज रुटमा ५४० रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौ-सिमराको ९० रुपैयाँले बढेको छ । यस्तै, अन्य उडान गन्तव्यहरुमा काठमाण्डौ-धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ–भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौं-सुर्खेत ३४५ रुपैयाँ र काठमाण्डौ–नेपालगञ्जको ३३० रुपैयाँले बढेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरिरहेकाले भाडा समायोजन गरिएको जनाइएको छ ।

सम्बन्धित
प्रतिक्रिया