कांग्रेसको बारा अधिवेशनमा नेतृत्व चयन प्रक्रिया रद्द

नेपालखोज २०७८ फागुन २२ गते ९:४३

बारा । नेपाली कांग्रेस बाराको तत्काललाई नेतृत्व चयनको प्रक्रिया रद्द गरिएको छ । कांग्रेस बारा जिल्लाको अधिवेशनमा नेतृत्व छनोट गर्न शनिबार भएको मतदान पनि रद्द गरिएको सो पार्टीले जनाएको छ । मतदानमा अनियमितता भएपछि मतदान रद्द गर्नुका साथै नेतृत्वको चयन प्रक्रिया रद्द गरिएको जनाइएको छ ।

मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया रद्द गरिएको नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयको विज्ञप्तिमा उल्लेख छ । मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना प्रकाशन नगरेसम्मका लागि रद्द गरिएको जनाइएको छ ।

प्रतिक्रिया