प्रधानन्यायाधीशको महाअभियोगबारे छलफल गर्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा एमाले अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा बसेको बैठकमा एमाले भने अनुपस्थित छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोगमाथिको छलफललाई अगाडि बढाउने तयारी छ । फागुन २ गते प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपनि यसमाथिको कारबाहीको प्रक्रिया अघि बढेको थिएन ।
यस्तै आज बस्ने प्रतिनिधिसभाको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन पेस गर्ने अर्को कार्यसूची रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो समय लगातारजसो कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिरहेका छन् । एमालेको अवरोध कसरी हटाउने र उसले अवरोध जारी राखे संसद्लाई कसरी क्रियाशील बनाउने भन्नेबारे बैठमा छलफल हुने बताइएको छ।
एमालेले भने आफ्नो दल विभाजनमा सभामुख सहयोगी बनेको भन्दै संसद अवरोध जारी राख्नेदेखि सभामुखले बोलाएका बैठक बहिष्कार गर्नेसम्मका गतिविधिलाई निरन्तरता दिइरहेको छ।

प्रतिक्रिया