दमौलीमा लागेको आगो नियन्त्रमा (फोटो फिचर)

नेपालखोज २०७८ फागुन २२ गते १४:२५

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि लागेको आगो झण्डै साढे तीन घण्टा पछि नियन्त्रणमा आएको हो । आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो । सिम्रिक इयरको हेलिकप्टरले पानी आकाशबाट खन्याइएको हो ।

त्यस्तै, व्यास नगरपालिकाको दमकल, मुग्लिङ–पोखरा सडक आयोजनाको ट्याङ्करसँगै निजी ट्याङ्कर पनि प्रयोग गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको थियो ।

भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पुर्‍याएको छ । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

तस्बिर : रासस

प्रतिक्रिया