भरतपुरस्थित नारायणी अस्पतालमा नेपाल बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालसँग द्विपक्षीय सम्झौता गरेको छ । सम्झौतामार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छुट प्राप्त हुने छ ।
नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकमाझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दे आएको छ । देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटीएममार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दे आएको छ ।
प्रतिक्रिया