राष्ट्र बैंकद्वारा सुनको दैनिक आयात कोटामा कटौती
नेपालखोज
२०७८ फागुन २२ गते १६:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटामा कटौती गरेको छ । नेपाल राष्ट्र बैंकले आइतबार वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र अन्य निकायहरूका नाउँमा परिपत्र जारी गर्दै सुनको दैनिक आयात कोटामा कटौती गरेको हो ।
विदेशी विनिमय नियमित गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै विदेशी विनिमय (नियमित गर्ने) २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सुनको दैनिक आयात कोटामा कटौती गरिएको परिपत्रमा उल्लेख छ ।
परिपत्रअनुसार अबदेखि आयात गर्न सकिने सुनको दैनिक परिमाण हालका लागि १० केजीमा सीमित गरिएको छ । यसअघि यस्तो दैनिक आयात कोटा २० केजीसम्म थियो ।

सम्बन्धित
प्रतिक्रिया