चौबीस घण्टामा थपिए ६८ संक्रमित, ५३८ जना डिस्चार्ज
नेपालखोज
२०७८ फागुन २२ गते १६:३७

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ र १ हजार ७९४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १४ जना गरि कुल ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ४६१ रहेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ५३८ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । त्यस्तै, नेपालमा गत चौबीस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९४७ जना पुगेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ८८ हजार ५६६ जनाले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया