आइतबार, जेठ ६, २०८१

‘कर्म भनेको स्वर्गलाई जिम्मेवार ठहऱ्याउनुको सट्टा आफू जिम्मेवार बन्नु हो’

सदगुरु २०७८ फागुन २३ गते ९:३०

-यदि तपाईं श्वास हुँदै आफूभित्र गहिराइसम्म, श्वासको सबैभन्दा गहिरो केन्द्रसम्म जानुभयो भने, यसले तपाईंलाई त्यस विन्दुसम्म पुऱ्याउनेछ, जहाँ तपाईं वास्तवमा शरीरसँग बाँधिनुभएको हुन्छ ।

-डर र चिन्ता, तपाईंको स्वच्छन्द र अनियन्त्रित कल्पनाको परिणाम हुन् । तपाईं यस्तो परिस्थितिबाट पीडित हुनुहुन्छ, जुन कहिल्यै नहुन सक्छ ।

-कुनै पनि चीज तपाईंको लागि त्यतिमात्र उपलब्ध हुन्छ, जति तपाईं त्यसलाई ध्यान दिनुहुन्छ । यस सन्दर्भमा, तपाईंको श्वास सुन्दर साधन हो, किनकि यो जतिबेला पनि चलिरहेको हुन्छ ।

-योग भनेको लचिलो बन्नु हो- शारीरिक रूपमा मात्र नभई हरेक पक्षमा लचिलो हुनु । अर्थात्, तपाईं चाहे जहाँसुकै भए पनि, तपाईं ठीक रहनुहुन्छ ।

-यदि तपाईंका विचार प्रक्रियाहरू तपाईंले चाहेको जस्तो भइदिने हो भने, तपाईं किन दु:खी बन्नुहुन्थ्यो र ?

-कर्म भनेको स्वर्गलाई जिम्मेवार ठहऱ्याउनुको सट्टा आफू जिम्मेवार बन्नु हो । यस अवस्थामा, तपाईं आफ्नो नियतिको स्वयं मालिक बन्नुहुन्छ ।

-स्वास्थ्य तपाईंको जिम्मेवारी हो । स्वस्थ रहनु भनेको आफ्नो शरीर, मन, भावनाहरू अनि जीवन-ऊर्जाहरूलाई उच्चतम् क्षमतामा काम गर्नका लागि जीवन्त बनाउनु हो ।

-मानिसहरू आफ्नो जीवनप्रति नभई आफ्ना जीवन-शैलीप्रति तल्लीन छन् । जब तपाईं जीवन-शैलीप्रति तल्लीन रहनुहुन्छ, तपाईं आफ्नो कमाइको दास बन्नुहुन्छ ।

-युवा रहिरहनु भनेको केही सिक्न, आफूमा विकास गर्न अनि जीवनप्रति खुला रहन इच्छुक हुनु हो ।

-जुन बीउ टुसाउँदैन, त्यो ढुंगा समान हुन्छ । तपाईंमा रहेको चैतन्यको बीउ अङ्कुरित हुनका लागि, तपाईं खुल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया