खप्तड गोल्डकप : सुदूरपश्चिम ११ र हिमालयन शेर्पा क्वाटरफाइनलमा भिड्दै

काठमाडौं । विजेतालाई २१ लाख पुरस्कार राशी रहेको खप्तड गोल्डकपमा सुदूरपश्चिम ११ र ए डिभिजन क्लब हिमालयन शेर्पाबिच प्रतिष्पर्धा हुँदै छ । आज दुबैको लक्ष्य अन्तिम चारमा स्थान बनाउने भएकाले आजको खेल रोमाञ्चक हुने आँकलन गरिएको छ ।
खप्तड गोल्डकपको पाँचौ संस्करण अहिले धनगढीमा जारी छ । धनगढी रंगशालामा हुने क्वाटरफाइनलमा हिमालयन शेर्पा क्लब र आयोजक सुदूरपश्चिम ९११ बीचको खेल दिउँसो ३ बजे सुरु हुने छ । दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेका छन् । विजेताले सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्ने छ ।
हिमालयनले जन जागृति युवा क्लबलाई ४-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउँदा आयोजक सुदूरपश्चिम ११ ले भने सोझै क्वाटरफाइनल खेल्न लागेको हो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्दा उपविजेताले १० लाख नगद हात पार्ने छ ।
सर्वीत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्दा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन् । त्यस्तै हरेक खेलको म्यान अफ द म्याचले १० हजार नगद प्राप्त गर्ने छ ।
प्रतिक्रिया