मेलम्ची आयोजना बन्द गराउने बाढीपीडितको चेतावनी

काठमाडौं । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले आयोजना नै बन्द गराउने चेतावनी दिएको छ । पत्रकार सम्मेलन गर्दै आज चैत १ गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफ्नो मागलाई सम्बोधन नगरे आयोजना बन्द गराउन बाध्य हुने चेतावनी दिएको हो ।
विभिन्न ६ वटा माग उल्लेख गर्दै समितिले चैत एक गतेसम्म माग पूरा गराउन चेतावनी दिएको हो । कार्यक्रममा मेलम्ची खानिपानी आयोजना प्रभावित तथा बाढीपिडित समन्वय समितिका संयोजक उपेन्द्र तामाङले मानविय भौतिक तथा नागरिको जिवन निर्वाहको अनिवार्य साधनको क्षति भएको भन्दै समस्या समाधान गर्न सरोकारवालाबाट कुनैपनि कदम नचालिनु दुःखद रहेको बताए ।
उनले २०७८/१०/२१ गते मेलम्ची आयोजनासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै २०७८/११/२२ गते बसेको स्थानीय सरोकार समुदाय एवं सामाजिक उत्थान सञ्चालन समितिका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकको निर्णयसहित विभिन्न मागहरु सुनाएका थिए ।
कार्यक्रममा हेलब्बु बाढीपीडित सरोकार समन्वय समितिका उपाध्यक्ष अर्जुन भण्डारीले जोखिममा रहेका आयोजना प्रभावित क्षेत्रका वस्तीलाई संरक्षण गर्न सम्झौता भएपनि काम नभएको बताए । साथै, सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराएपनि कुनै निकायले वास्ता नगरेको आरोप लगाए । भण्डारीले भने, ‘असार एक गते मेलम्ची खोलाको उतगमन स्थल हेमाथानबाट सुरु भएको बाढी पहिरोले तटिए क्षेत्रमा व्यापक क्षति भएको छ । घर, जमिन, सार्वजनिक पुर्वाधार सबैठाउँमा क्षति पुगेको छ । राष्ट्रिय गौरबको आयोजना मेलम्ची खानेपानी योजनाको सुरुङमार्ग बाट निकालिएको कच्चा पदार्थ र अन्य इकुप्मेन्टबाट पनि तल्लो तटिए क्षेत्र त्यस क्षेत्रमा ब्यापक क्षति भयो । तर, अहिलेसम्म पनि समस्याको समाधान भएको छैन् ।‘
उनीहरुको ६ बुँदे माग
१.मेलम्ची आयोजना प्रभावित क्षेत्रको विकासको निम्ति नियमित रुपमा मेलम्ची खानेपानी विकास समितिले उपलब्ध गराउँदै आएको सामाजिक उत्थान कार्यक्रम संचालन अन्तर्गत यस आर्थिक वषएको बजेट स्थानीय समितिहरुमा आउन दिलाई भइरहेकोले तत्काल उपलब्ध गराउन ।
२.मेलम्ची नदीमा आएको बाढीले ठूलो धानजनको क्षती पुर्याएको र आगामी वर्ष नदी किनारको वस्ती झनै जोखिममा रहेकोले नदीलाई पूरानै धारमा बगाउन , मेलम्ची र ईन्द्रावतीको तटीय क्षेत्रको कम्तिमा ५ मिटर खोला गहिर्याउन र तटिय क्षेत्रका जोखिममा रहेका बस्तीहरुको संरक्षणका लागी आवश्यक बजेट तत्काल आयोजना बाट उपलब्ध गराउन ।
३.मेलम्ची र ईन्द्रावती नदी किनारका वस्ती तथा खेतियोग्य जमीन ठूलो मात्रामा कटान भएकोले सो क्षेत्रको जमिन संरक्षण र खेती योग्य जमिन बनाउनका लागि मुहानदेखि सिपाघाट भिमटारसम्म आय आर्जन कार्यक्रम, स्थायी तटबन्ध निर्माण। सडक, सिंचाई तथा सार्वजनिक पूर्वाधार निर्माण एवम् संरक्षणका लागि मेलम्ची ईन्द्रवति नदी करिडोर एकिकृत विकास आयोजनाको रुपमा एक विशेष दीर्घकालीन आयोजना नेपाल सरकारले तत्काल संचालन गर्न ।
४.मेलँची नदीको पानी काठमाडौं आएपछि मेलम्चीबासीले लेभी पाउने कुरा पटक पटक सहमति भई बिभिन्न अध्ययन भएर प्रकृया अघि बढेको तर, हालसम्म कुनै निर्णय भएको जानकारी प्राप्त नभएकोले तत्काल लेभि निर्धारण गर्न ।
५.आगामी वषाएमा सहज आवत जावत गर्न सहन हुने गरि सडक निर्माण कार्य तत्काल अघि बढाउन ।
६.मुहान क्षेत्रमा थुप्रीएका ढुंगा, माटोहरु निकालेर सुरक्षित ढंगले भण्डारण गर्न सहमति भएर पनि जथाभावी ढंगले राख्दा नदी किनारका वस्ती जोखिममा पर्ने भएकोले सुरक्षित भण्डारणमा भने जोडदार माग गररहेका छौं ।

प्रतिक्रिया