शुक्रबार, वैशाख ७, २०८१

‘पर्यटन क्षेत्रमा ६० प्रतिशतको रोजगारी गुम्यो, ८० प्रतिशतले तलबै पाएनन्’

नेपालखोज २०७८ फागुन २५ गते ११:२९

‘महिला’ यो शब्द आउनेबित्तिकै हामी सबैभन्दा पहिला एउटी आमा, छोरी, बुहारी, श्रीमतीलगायत अनेक नाता भन्ने बुझ्छौं । हरेकको मनमा आमा शब्दको महत्त्व सबैभन्दा माथि अनि उच्च छ । तर, त्यही ठाउँमा महिला भएकै कारण एउटी आमाले समाजमा अनेकौं समस्याको सामना गर्नुपरेको हुन्छ ।

महिला भएकै कारण समाजमा उसले चाहेको गर्न बन्देज लगाइएको हुुन्छ । समाजमा रहेका कुरिति कुसंस्कारको सांलोले उसलाई बाँधिएको हुन्छ । ताकि उसले पुरुषभन्दा माथि उठेर केही गर्न नसकोस् । यद्यपि, पछिल्लो समय भने महिलालाई पनि उसले चाहेको काम गर्न दिनुपर्छ । महिलाले पनि चुलोचौको भन्दा माथि उठेर पुरुषसरह काम गर्न सक्छन् भन्ने सोचको विकास हुँदै गएको छ ।

समय र राजनीतिक परिवर्तनसँगै नेपालमा पनि महिलाको क्षेत्रमा विस्तारै विकास हुँदै गएको छ । तर जुन किसिमले विभिन्न क्षेत्रमा महिलाको पहुँच पुग्नु पर्ने हो, त्यो हुन सकेको छैन । संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला अधिकारको ग्यारेन्टी गरे पनि त्यो पूरा हुन सकेको छैन ।

यसर्थ, महिलाको क्षेत्रमा भएका काम तथा अधिकारका सम्बन्धमा समाजलाई चेतना दिने उद्देश्यले हामीले ‘नेपालखोजमा नारी’ कार्यक्रमको सुरुवात गरेका छौं । ‘नेपालखोजमा नारी’ कार्यक्रममा हामीले युवा महिलाहरूले समाजमा पुर्याएको योगदानका विषयमा चर्चा–परिचर्चा गर्ने गर्छौं । यो कार्यक्रम नेपालखोज आइनलाइन टीभी र नेपालखोज डटकममा एकसाथ पढ्न र हेर्न सकिन्छ ।

आज हामीले नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रको अवस्थाका सम्बन्धमा अर्थशास्त्री आश्मा ढुंगानासँगको कुराकानी प्रस्तुत गर्दै छौं । नेपालमा अन्य क्षेत्रको तुलनामा अझै पनि वित्तीय क्षेत्रमा लाग्ने युवाहरूको सहभागिता न्यून छ । ढुंगाना पनि सानै उमेरदेखि वित्तीय क्षेत्रमा रुचि राख्दै आएकी छन् । उनले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा आबद्ध भएर नेपालका वित्तीय नीतिहरूमाथि अनुसन्धान गरिरहेकी छन् । साथै उनले युवाहरूलाई वित्तीय क्षेत्रमा समावेश गराउन वित्तीय साक्षरता अभियान पनि चलाइरहेकी छन्, ‘अर्थमा सक्षम’ । आज नेपालको वित्तीय क्षेत्र र अर्थव्यवस्थाका विषयमा आश्मा ढुंगानासँग ‘नेपालखोजमा नारी’ को तेस्रो अंकमा सहकर्मी मीरा साउँदले कुराकानी गरेकी छन् । प्रस्तुत छ ढुंगानासँग नेपालको वित्तीय क्षेत्रको सम्बन्धमा गरिएको कुराकानी :

हाइलाइट्स :
–वित्तीय क्षेत्र एउटा यस्तो क्षेत्र हो जसमा जति धेरै अनुभव हुँदै जान्छ त्यति नै संलग्नता न्यून हुँदै जान्छ । त्यसैले युवाहरूको नाम त्यति धेरै अगाडि नआएको हुन सक्छ । तर, अहिले नेपालमा धेरै युवाहरू हुनुहुन्छ जो अर्थशास्त्र र वित्तीय क्षेत्रमा काम गर्न चाहनुहुन्छ । गर्न खोज्नुहुन्छ र गर्नु पनि भएको छ ।
–म अहिले सुरुवाती चरणमा छु । म अहिले नै आफूलाई अनुसन्धानकर्ता भनिहाल्न सक्छु जस्तो लाग्दैन । तर, त्यसको तयारीचाहिँ गरिरहेको छु ।
–नीतिगत हिसाबले हेर्ने हो भने नेपालमा धेरै जना एक्सपर्टस्हरू हुनुहुन्छ । जसले नीतिगत हिसाबमा धेरै राम्रो रुल्सहरू लिएर आउनु भएको छ । कुनै पनि प्रफेक्ट इकोनोमिक हुँदैन । कही पनि यो नीति आयो भने प्रफेक्ट हुन्छ भन्ने हुँदै हुँदैन । त्यही भएर इम्प्रुप गर्दै जाने हो । प्रयास गर्दै जाने हो । वित्तीय क्षेत्रमा स्कोप धेरै छ । र, कमी–कमजोरीहरू पनि धेरै छ ।
–वित्तीय एउटा यस्तो क्षेत्र हो जहाँ आज एउटा कुरा चलायमान छ भने भोलि त्यो चलायमान नहुन सक्छ । वित्तीय क्षेत्रको ज्ञान त राम्रो तर ज्ञानसँगसँगै इम्प्रुपमेन्ट पनि हुनुपर्छ । त्यसलाई हामीले मेजर गरेर लिँदै गयौं भने सायद राम्रो हुँदै जान्छ ।
–कोरोना संक्रमणको प्रभावका कारण टुरिजम सेक्टरमा करिब ६० प्रतिशत नागरिकले रोजगारी गुमाए । भने ८० प्रतिशत नागरिकले आफूले गरेको कामको तलब पाउन सकेनन् । यो पर्यटन क्षेत्रको मात्रै तथ्यांक हो ।
–कोभिड संक्रमणको प्रभावले रेमिट्यान्स पनि कम भयो टुरिजम पनि कम भयो । यसको डबल इफेक्टले के भएको छ भने अहिले नेपालमा जम्मा चार महिना हाम्रो इम्पोर्ट धान्न सक्ने क्षमता छ । कोभिड संक्रमणको प्रभाव यतिसम्म परेको छ कि यसलाई फेरि लेबलमा ल्याउन तत्कालै गर्ने हो भने तीन वर्ष लाग्ला, लामो समयका लागि त यदि हामीले कामै गर्ने हा भने पनि १५–२० वर्ष लाग्छ ।
–जब म विदेशबाट पढेर फर्किए तब मैले बाहिरी देश र नेपालमा कस्तो भइरहेको छ भन्ने हेरे । मैले त्यहाँ र यहाँ ठ्याक्कै उल्टोजस्तो देखे । यदि सरकारले गर्दैन, कर्पोरेटले गर्दैन, कम्पनीहरूले गर्दैन भने आमनागरिकले त गर्न सक्छ नि ? त्यही नै थियो मेरो गोल । र, ‘अर्थमा सक्षम’ अभियानको मुख्य उद्देश्य पनि त्यही हो ।

‘नेपालखोजमा नारी’ का अघिल्ला अंकहरू पढ्न छुटाएको भए हेर्नुहोस् ।

‘महिनावारीको विभेद सबै जात, धर्म, भाषा, संस्कृति र भूगोलमा छ’

‘व्यवसाय सुरु गर्नु गाह्रो होइन, निरन्तरता दिनु नै प्रमुख कुरा हो’

प्रतिक्रिया