मंगलबार, असार २४, २०८२

युक्रेनलाई चाहिँदैन नाट‍ोको सदस्यता, रुसलाई युक्रेनक‍ो सम्झौता अफर

नेपालखोज २०७८ फागुन २५ गते १४:५९

किएभ । दुई सातादेखि रूसको आक्रमण झेलिरहेक‍ो युक्रेन अहिले निकै ठूलो संकटबाट गुज्रिरहेको छ । युक्रेनमा चारैतिर बर्बादीक‍ो अवस्था छ र उसलाई सहयोग गर्ने मामिलामा अमेरिका र उसका युरोपेली सहयोगीहरु हच्किएका छन् किनभने उनीहरुले गम्भीर कदम अघि सार्नेबित्तिकै तेस्रो विश्वयुद्ध सुरु हुने लगभग तय जस्तै हुनेछ ।

यस्तो अवस्थामा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको एउटा वक्तव्य सार्वजनिक भएको छ । जेलेन्स्कीले घोषणा गरेका छन् कि युक्रेनले अब नाटोको सदस्यता लिने छैन । उनले भनेका छन्, ‘उनी दुई अलग रूसी समर्थक क्षेत्र (डोनेट्स्क र लुगान्स्क) को स्थितिमा समेत ‘सम्झौता’ गर्न तयार छन् जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा आक्रमण सुरु गर्नु पहिले स्वतन्त्र घोषित गरेका थिए ।

यिनै दुई मुद्दालाई रूस र युक्रेनबीचको लडाइँक‍ो प्रमुख कारण मानिँदै आएको छ । रूसलाई युद्धविराम गराउने उद्देश्यले युक्रेनी राष्ट्रपतिले यो निर्णय लिएको बताइएको छ । जेलेन्स्कीले एक अन्तर्वार्तामा भनेका छन्- नाटो युक्रेनलाई स्वीकार गर्न तयार देखिएन । युक्रेनी राष्ट्रपतिका अनुसार नाट‍ो गठबन्धन विवादास्पद विषय र रूसका साथ सीधा टक्करसँग डराएको छ ।

नाटोको सदस्यताका सम्बन्धमा जेलेन्स्कीले भनेका छन्- उनी यस्तो देशको राष्ट्रपति बन्न चाहँदैनन् जो घुँडा टेकेर कसैसँग केही कुरा मागोस् । पछिल्ला दिनहरुमा नाटोले आफ्नो विस्तार गरिरहेको छ र उसको प्रयास पूर्वसोभियत संघबाट अलग भएका देशहरुलाई नाटोमा सामेल गर्नु रहँदै आएको छ । नाटोको यही रणनीतिका कारण रूसले क्रिमियामा कब्जा जमाएको थियो ।

नाटो एउटा सैन्य समूह हो जसमा अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्सजस्ता ३० वटा देश सदस्य छन् । रूसका केही छिमेकी देश पहिले नै नाटोमा सामेल भइसकेका छन् जसमा एस्टोनिया र लातभियाजस्ता देश छन् जो पहिले सोभियत संघको हिस्सा थिए । रुसको धारणामा यदि युक्रेन पनि नाटोको सदस्य भयो भने रूस चारैतिरबाट घेरिनेछ र अमेरिका उसमाथि हावी हुनेछ ।

यदि युक्रेन नाटोको सदस्य भयो भने र रूसले भविष्यमा उसमाथि हमला गरे नाट‍ो सम्झौताअनुसार त्यसलाई नाटोका ३० वटै सदस्य देशमाथिको हमला मानिनेछ र ती सबै देशले युक्रेनलाई सैन्य सहायता दिनेछन् ।

रूसी क्रान्तिका नायक लेनिनले एकपटक भनेका थिए- युक्रेनलाई गुमाउनु रूसका लागि शरीरबाट टाउको अलग गर्नुजस्तो हुनेछ । यही कारणले रूसले नाटोमा युक्रेनको प्रवेशक‍ो विरोध गरिरहेको छ । युक्रेन रूसको पश्चिमी सीमामा अवस्थित छ । १९३९ देखि १९४५ सम्म चलेको द्वितीय विश्वयुद्धका दौरान रूसमाथि हमला भएपछि युक्रेन एकमात्र यस्तो क्षेत्र थियो जहाँबाट रूसले आफ्नो सीमानाको रक्षा गरेको थियो ।

प्रतिक्रिया