शनिबार, असार १४, २०८२

जर्मनीमा एकै दिनमा अहिलेसम्मकै धेरै संक्रमित

नेपालखोज २०७८ फागुन २७ गते ७:५६

बर्लिन । कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या जर्मनीमा दिन प्रतिदिन बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा जर्मनीमा दुई लाख ६२ हजार ७५२ जना सङ्क्रमित भएका छन् । 

अघिल्लो हप्ताको तुलनामा झण्डै ५२ हजारभन्दा बढी सङ्क्रमित भएकाले सङ्क्रमणको दर तीब्र रूपले फैलिएको देखिएको छ ।  त्यसैगरी भियतनाममा एक दिनमा एक लाख ६० हजार ६७६ जना सङ्क्रमित भएका छन् ।

यो सङ्ख्या अघिल्लो दिनको तुलनामा भने तीन हजार ९२० कम हो । भियतनाममा फैलिएको कोरोनाभाइरसको महामारीको सबैभन्दा बढी प्रभाव राजधानी हनोइमै परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया