सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता
नेपालखोज
२०७८ फागुन २७ गते २३:००

काठमाडौं । सानिमा बैंक र स्प्यारो पे प्रा.लि (खल्ती) बीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र खल्तबीच भएको सम्झौतामा ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई(बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ्गमार्पmत् चेक आउट गर्न सक्नेछन् ।
बैंक कार्यालयमा आयोजित एक कार्यक्रमका बिच स्प्यारो पे प्रा.लि. (खल्ती) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटिएम संचालनमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया