आहा ! लालीगुराँस फूलेर वनै ढकमक्क
नेपालखोज
२०७८ फागुन २८ गते २०:३५

काठमाडौं । लालीगुराँस फूलेपछि यतिबेला वनपाखा ढकमक्क हुन थालेका छन् । ताप्लेजुङको कञ्चनजंघाको बेँसीदेखि लेकाली क्षेत्रभरि यतिबेला लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क भएका हुन्।
लालीगुराँस नेपालको राष्ट्रिय फूल हो। यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ। यो पहाडी भेगमा पाईने फूल हो।
लालीगुराँस साधारण तया माघ, फागुनतिर फूलेको देखिन्छ। तर छिटो फूल्ने ठाउँमा यो फूल पौषको महिनामा पनि फूलेको देखिन्छ। फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठूलो हुन्छ। यसको पात लामो हुन्छ।
पातको लम्बाई लगभग ५ देखि १० से.मी.सम्म हुन्छ। यसको रुखको उँचाई र आकार ठाउँअनुसार फरक हुन्छ। निम्न पहाडी भू-भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठूलो र झ्याम्म परेको हुन्छ।



तस्बिर : रासस
सम्बन्धित

प्रतिक्रिया