आइतबार, वैशाख २८, २०८२

जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप चैत्र ५ र ६ गते

नेपालखोज २०७८ फागुन २९ गते १४:५९

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पिियनसिप २०२२’ आयोजना गर्ने भएको हो ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले चैत्र ५ र ६ गते दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौंमा उक्त प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो । प्रतियोगितामा ७ प्रदेश २ विभागिय टिमका (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल क्रमशः ३/३ जना महिला/पुरुष, महिला तौल समूह ४७–५५ केजी, पुरुष तौल समूह ५५–६३ केजी) खेलाडीहरुको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता खेलाडीले क्रमशः ५००, ३०० र २०० नगद अमेरिकी डलर पुरस्कारका साथै मेडल र प्रमाणपत्र पाउने फाउण्डेशनले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै फाउण्डेशनका खेलकुद विभाग सह–संयोजक तथा कार्यक्रममा प्रमुख अतिथि धर्मराज गिरीले गिरिजा प्रसाद कोइराला फाउण्डेशन नाफारहित स्वतन्त्र संस्था रहेको बताए ।

फाउण्डेशनले अहिलेसम्म विकासको लागि व्यापक पहल गर्दै आएको उनले दाबी गरे । गिरीले भोलिको दिनमा फाउण्डेशनसले खेलाडीहरुलाई अगाडी बढाउन प्रेरित गर्न र खेलबाट खेलाडीहरुले जीवन व्यतित् गर्न सक्षम बनाउन यो कार्यक्रमको आयोजना गरेको स्पष्ट पारे ।

उनले फाउण्डेशनले गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पिियनसिप २०२२’ आयोजना गर्न लागेको जानकारी दिए । जिपि फाउण्डेशन ७७ वटा जिल्ला र र ७ प्रदेशमा रहेको भन्दै प्रत्येक प्रदेश र जिल्लामा संयोजक तोकिएको उल्लेख गरे ।

प्रतिक्रिया