आइतबार, जेठ ६, २०८१

‘गीतमा डिलिटै गर्नुपर्ने के नै छ र ?’

नेपालखोज २०७८ फागुन २९ गते २०:१९

गायक प्रकाश सपुतक‍ो गीत ‘पीर’ अहिले सामाजिक सन्जालमा ठूलो चर्चा परिचर्चा को विषय भएको छ । हेरौं ट्विटर तथा फेसबुकमा यो गीतमा आएका केही टिप्पणी :

प्रकाश सपुत दबाब भोगेका कलाकार होइनन्, निकै शान्तिप्रिय कलाकार हुन् उनी-गीत संगीतका साना साना विवाद बाहेक राजनैतिक स्तरको विवाद झेलेका छैनन्। बद्री पंगेनी पशुपती शर्माहरू अनुभवी भएझैँ उनमा विवाद र दबाबको त्यतिसाह्रो अनुभव छैन । माओवादीहरूले गीत डिलिट गराएर माफी मगाउछन् जस्तो लाग्यो।
दुर्गा पंगेनी

५०० रूप्पे तिरेर कमरेडले आफ्नी पूर्वसहकर्मी योद्धालाई सलाम गर्न गएको सरल दृश्य पनि त हुनसक्छ !
कति खराब सोच्छन् हो मान्छेहरू
सुशील पौडेल

यो गीतलाई समर्थन गर्नुभन्दा पहिले आफ्नो आमा र दिदिबहिनीलाई सम्झनु। केवल माओवनदीको विरोधी भएर मात्रै होइन ।
तिलक थापा मगर

‘पिर’ एउटा उत्पादन हो, प्रायोजन हो, शंकै भएन। समाजलाई पर्दामा उतार्ने प्रकाश सपुत र साथीहरूको प्रयास पक्कै पूर्ण छैन । माओवादी जनयुद्धलाई हेर्ने हाम्रा आआफ्ना दृष्टिकोण छँदै छन्। तर बहुसंख्यक नेपालीको आजको यथार्थ कुल मिलाएर यस्तै यस्तै त हो, होइन र ?
अभिव्यक्ति, राजनीतिक- सामाजिक सन्देश र संकेतका हिसाबले गीतलाई थप हेर्दै गरौँला । तर शिवम् सिमेन्टको अत्यधिक विज्ञापनचाहिँ विद्रूप नै देखियो ।
रविराज बराल

प्रकाश सपुतको गीत डिलिट गर भन्ने माओवादीका ति हनुमानहरुलाई मेरो चुनौती र प्रश्न–
अनमिनले प्रमाणित गरेका १९ हजार ६०२ र बालसैन्य भनिएका ४ हजार ८ लडाकु कहाँ के गरिरहेका छन् ? विवरण सार्वजनिक गर । छ हिम्मत ? १ हजार ३५२ पूर्वमाओवादी लडाकु नेपाली सेनामा प्रवेश गरेका थिए, बाँकी कहाँ गए ? छ, जवाफ ? देहव्यापार गरेका छैनन् भन्नेहरुसँग के गरेर उनीहरुले जीवन धानिरहेका छन् ? छ कुनै विवरण ? सायद छैन, त्यसैले डराइरहेका छौ ऐना हेर्न । भनिन्छ नी, कुरुपहरु ऐना हेर्न डराउँछन् ।
धीरज बस्नेत

अनि आमा दिदीबहिनीको सम्मान गर्नेले प्रकाश सपुत को आमालाई बेश्या न नभनेको भए हुने त ।
सुरेश गौतम गोठाले

पूर्वलडाकु योद्धाको अपमान हुने खालको अपवाह फैलाएर इमोसनल ब्लाकमेलिङ्क गरी डलर कमाउने मेसो हो यो गीत डिलिट गरेर कानुनी कठघरामा उभ्याउने भन्दै मिडियामा आउन थाल्यो आजबाट, हेरौं विवाद झेल्न सक्छ या सक्दैन यो गीतले।
काजी

‘पिर’ एउटा भूत हो । राम्रो झाक्री खोजेर भूतको थान्को लगाइएन भने झस्काइ रहन्छ, तर्साइ रहन्छ । गीत गाउने, तथ्य खोतल्ने प्रकाश सपूतहरूलाई औंला तेर्साउनुभन्दा राम्रो धामीको खोजीमा लागौं । अझै ढिला भएको छैन ।
प्रवेश सुवेदी

प्रकाश सपुतले माओवादीयुद्धकै बलमा गणतन्त्र, संघीयता, धर्मनिपेक्षता जस्ता उपलब्धी हासिल भएको तर युद्ध लड्नेहरुलाई नेतृत्वले वेवास्ता गरेको यथार्थ गीतमार्फत उधिनेका छन् ।माओवादी नेतृत्वको वरिपरि भएकाहरुले प्रकाश सपुतका विरुद्धमा खनिनुको साटो मुख्यनेतृत्वलाई सुधार्न पहल गरे राम्रो होला !
आशा भुसाल

गायक Prakash Saput ले केही कपुतहरूलाई औंलो ठड्याएका हुन् । युद्धमा भकाभक मान्छे मार्ने अनि सत्ताको रसमा डुबेपछि माखो नमार्ने माओवादीलाई यो झापड हो । यस्तो झापड कानको जाली रन्किने गरी बेला-बेला हानिरहनुपर्छ । महिला यौनकर्मीलाई लिएर माओवादीहरूले असाध्यै चिन्ता व्यक्त गरे, पैसा तिरेर ती महिलाकहाँ जाने पुरुष कमरेडबारे कोही किन बोल्दैन ? फर्गट एस्टर्डे ?
मिल्ने भए मतपत्रझैं च्यात्दा हुन्, धन्न युट्युबमा छ र जोगिएको छ ।
लेनिन बन्जाडे

माओवादी नेताहरुले गरिब र सोझा जनतालाई प्रयोग गरेर धनयुद्ध जिते । अनि आफूहरु आलिसान भवनमा बिलासी जीवन बिताउदै गर्दा तेतिबेला प्रयोग गरिएका गरिब जनताको बाध्यता कस्तो छ त अहिले ? भन्ने यथार्थमा आधारित अत्यन्तै मार्मिक गीत रहेछ, हेर्दाहेर्दै म जस्तो कडा मान्छेका पनि आँखा रसाए ।
डिल्लीराम

गीतमा समस्या त देखिन्न । डिलिटै गर्नपर्ने के नै छ र ? माओवादी गीतमा देखाइएभन्दा धेरै खराब चिज हुन् । यत्तिको पचाउँछन् ।
रामहरि पोखरेल

शरीर बेचेको पार्ट डिलिट गरे पुग्छ !
कथा अरु कुराले चेन्ज हुने पनि होइन ।
बेसीघरे

गीत सत्यमा आधारित छ गीत हेर्ने जो कोहीले स्वयं माओवादी कार्यकर्ताले पनि थुक्छन् प्रचण्ड बाउराम एण्ड कम्निका लिडरलाई।
कमल कार्की

के गल्ती छ र ? हामी आफैँ माओवादी समर्थक भएर पनि गीतलाइ समर्थन छ। सत्यतथ्यमा आधारित छ गीत र भिडियो।
एमबी

हो प्रकाश सपुतको म्युजिक भिडियोमा एउटा ‘चरित्रहिन’ पात्र पनि छ, लडाकुको ज्यानपछाडि लुकेर आफ्नो ज्यान जोगाउने मन्त्री जो आजकल सेतो चिल्लो गाडीमा गुड्छ ! हो, ती पात्र चरित्रहिन छन् !
उतुलु

राज्यले नेपाली नागरिकको सुरक्षा गर्नु परम कर्तव्य हो । प्रकाश सपुतको सुरक्षामा राज्य चनाखो बनोस् । सत्यकथा कलामा उतार्दा सरकारमा बसेकाले धम्क्याउनु अराजक दुष्कर्म हो ।
लीलाराज खनाल

प्रकाश सपुतक गीत विवादमा होइन, विवादमा माओवादी हिसांत्मक जनयुद्ध नामक नरसंहार र त्यस्ले ल्याएको सामाजिक विचलन हो। सपुतले एउटा पाटो मात्र देखाएका हुन्।
विश्वदीप लामिछाने

कलाकारले सार्वजानिक बस चढ्ने, पैसा नभएर उपचार गराउन नपाएको बैदेशिक रोजगारीको लागि कतार , दुबई काम गर्न गएको गास बास कपासको लागि भौतारिरहेकाहरुको चलचित्र नै देखाइदिए ।

कुरो यत्ति हो ।
सुशील

प्रकाश सपुतको “पीर ” गीतले माओवादी जनयुद्धको विरोध गरेको छैन।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ।गीतका सर्जकलाई किन धम्काउने?
कृष्ण

प्रकाश सपुतले हिजो जनयुद्धमा होमिएका युवाहरुको आजको यथार्थ अवस्थालाई गीतले उजागर मात्र गरेका हुन्।
हिजो विगत र आज वर्तमान गीतले दर्पण गरेकै छ।
झापालि घाँडो

सबै ठिकै हो तर भिडियो को थोरै भाग ले नारी अस्मिता माथि नै प्रश्न उठायो ।
युप

सपुतको एउटै गीतले हल्लाईदिने गण्तन्त्र उर्फ **तन्त्र |
निर्मला

म त भन्छु – प्रकाश सपुतको गीत अधुरो छ । शिक्षक, क्रियापुत्री, पण्डित मारेको कुरै छैन । बस पड्काएको, पुल भत्काएको र धरोहर ध्वस्त पारेको पनि उल्लेखै छैन ।
नारायण अधिकारी

गीत भनेको यस्तै नै हुनुपर्छ, पुरै कुरा त उपन्यासमा त अट्दैनन।
युवराज अधिकारी

धेरैको जीवनसँग मेल खाने सीर्जना ।
देह ब्यापार होईन सेतो गाडी चढेर देश ब्यापार गर्नेलाई औँला ठडाए सपुतले ।
भिषण

गीत भनेको ७-८ मिनेटको हुन्छ एकै चोटी सबै समेटिन सकिदैन, धारावाहिक – १, २, ३ गरेर सबै ल्याउन प्रोत्साहित गर्ने कि ! यो भएन, त्यो भएन भनेर निरूत्साहित पार्ने ? सकारात्मक सोच राख्ने बानी बसालौं ।
भुवनराज चापागाईं

धर्मानन्द ढकाललाई कोदालोको पासोले घच्चुकमा हानेर ठहरै पारेको, भुटनलाई रेटेर रगतको पञ्चामृत बनाई खाएको कुरा पानि प्रकाश सपुतले छुटाएकै हुन् ।
विकासराज पोखरेल

कसैको मन प‍ोलेछ भतभती सत्य उजागार गरिदिएर पो होकी हिजो पशुपति शर्माको गीतलाई प्रतिबन्ध लगाइयोस भनेर केही उफ्रिदा बचाउ गर्नेहरु आज फेरि उनीहरुभन्दा एक कदम अगाडि नाङ्गै कुदेछन् ।
निरञ्जन पोखरेल

जे हो त्यही कलामा उतार्न नसकिए पनि सत्य छ । सबै सत्य ल्याउन पर्छ भन्ने हुदैन । केही भाग भए हुन्छ ।
हरि भाइ

‘छोरि बुहारी सबै बेस्या बनाउने/देख्ने’ तिमि लफुङ्गाहरुलाइ के थाहा मानविय सम्वेदना।
अनुराग

आशा गरौं दोस्रो भागमा धनयुद्द ताका गरिएका हत्या, अपहरण, लुटपाट, विध्वंस पनि समावेश गर्नेछन् ।
डोरी लाउरे

मन्दिर भत्काएको, सनातन संस्कृतीलाई दुर्वचन बोलेको, पुरोहितहरूलाई दण्ड दिएको, गाईगोरू खान सिकाएको कति छन् कति ।
भाइ निरौला

यति धेरै निर्लज्ज हुनुपनि जरुरी छैन।
मात्रिका प्रसाद

गौरवशाली महाशयहरु, एकचोटी प्रकाश सपुतको गीत सुन्नभन्दा हेर, हेर्नभन्दा इतिहास र वर्तमानको तराजुमा आफैँलाई राखेर जोख । हिम्मत छ ? सलाम प्रकास सपुत ! ऐना हेर्न र देखाउन उत्ति नै साहस चाहिन्छ ।
राजेन्द्र बानियाँ

प्रतिक्रिया