अत्याधिक रक्तस्रावपछि जाजरकोटमा गर्भवती महिलाको मृत्यु
नेपालखोज
२०७८ फागुन ३० गते १७:००

काठमाडौं । जाजरकोटको शिवालय गाउँपालिकामा आज एक गर्भवती महिलाको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्याधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिएका छन् ।
अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।
सम्बन्धित

प्रतिक्रिया