इस्लाम धर्मको इतिहास तथा महत्त्वपूर्ण तथ्य

इस्लाम एकेश्वरवादी धर्म हो, जसलाई अल्लाहका तर्फबाट अन्तिम रसुल र नबी मुहम्मदद्वारा मानिसहरुसम्म पुर्याइएको ईश्वरीय पुस्तक कुरानको शिक्षामा स्थापित छ । इस्लाम शब्दको अर्थ हो : ‘अल्लाहमा समर्पण’ ।यस हिसाबले हेर्दा मुसलमान त्यो हो, जसले आफूलाई अल्लाहमा समर्पित गरेको छ अर्थात ऊ इस्लाम धर्मको नियममा चल्छ । इस्लाम धर्मको आधारभूत सिद्धान्तले अल्लाहलाई सर्वशक्तिमान, एकमात्र ईश्वर तथा जगतका पालक र हजरत मोहम्मद लाई उनका सन्देशवाहक वा पैगम्बर मानेको छ । यही कुरा उनका ‘कलम’ मा दोहर्याइन्छ : ‘ला इलाहा इल्लल्लाह मुहम्मदुर्रसूलुल्लाह’ अर्थात ‘अल्लाह एक छन्, उनका अतिरिक्त कोही अरु (अर्को सत्ता) छैन र मुहम्मद उनका रसुल वा पैगम्बर ।’
इस्लाम धर्मका महत्त्वपूर्ण तथ्य :
१. इस्लाम धर्मका संस्थापक हजरत मोहम्मद हुन् ।
२. हजरत मोहम्मदको जन्म ५७० ई. मा मक्कामा भएको थियो ।
३. हजरत मोहम्मदले ६१० ई. मा मक्का नजिक हीरा नामको गुफामा ज्ञान प्राप्त गरेका थिए ।
४. २४ सेप्टेम्बरमा पैगम्बरले मक्काबाट मदिनाको यात्रा गरेको दिन हो जसलाई इस्लाम जगतमा मुस्लिम संवतको प्रारम्भ मानिन्छ ।
५. हजरत मोहम्मदको विवाह २५ वर्षको उमेरमा खदीजा नामकी विधवासँग भएको थियो ।
६. हजरत मोहम्मदकी छोरीको नाम फतिमा तथा ज्वाइँको नाम अली हुसेन थियो ।
७. देवदूत ग्रेब्रियलले पैगम्बर मोहम्मदलाई अरबी भाषामा कुरान सम्प्रेषित गरेका थिए ।
८. कुरान इस्लाम धर्मको पवित्र ग्रन्थ हो ।
९. पैगम्बर मोहम्मदले कुरानको शिक्षाको उपदेश दिएका थिए ।
१०. हजरत मोहम्मदको मृत्यु ८ जुन ६३२ ई. मा भएको थियो । उनलाई मदिनामा गाडिएको थियो ।
११. हजरत मोहम्मदको मृत्युपछि इस्लाम सिया र सुन्नी गरी दुई पन्थमा बाँडियो ।
१२. सुन्नी तिनलाई भनिन्छ जो सुन्नामा विश्वास गर्छन् । सुन्ना हजरत मोहम्मदको कथन तथा कार्यको विवरण हो ।
१३. सियाहरु अलीको शिक्षामा विश्वास राख्छन् र उनलाई हजरत मोहम्मदको उत्तराधिकारी मान्छन् । अली, हजरत मोहम्मदका ज्वाइँ हुन् ।
१४. सन् ६६१ मा अलिको हत्या भयो । अलीका छोरा हुसेनको हत्या ६८० ई. मा कर्बलामा भएको थियो । यी हत्याले सियालाई निश्चित मतका रूप दिएको थियो ।
१५. हजरत मोहम्मदका उत्तराधिकारीहरु खलिफा कहलिए ।
१६. इस्लाम जगतमा खलिफा पद १९२४ ई. सम्म रह्यो । १९२४ मा टर्कीका शासक मुस्तफा कमालपाशाले यो पद खारेज गरिदिए ।
१७. इब्न ईशाकले हजरत मोहम्मदको पहिलो जीवन चरित्र लेखेका थिए ।
१८. हजरत मोहम्मदको जन्मदिन ईद-ए-मिलाद-उन-नबी नाम मा मनाइन्छ ।
प्रतिक्रिया