शनिबार, असार १४, २०८२

टोखा नगरपालिकामा स्वास्थ्य बिमा सदस्यता दर्ता सुरु

नेपालखोज २०७८ चैत १ गते १३:५१

काठमाडौं । टोखा नगरपालिकामा स्वास्थ्य बिमा सदस्यता दर्ता कार्यक्रम सुरु भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा (हिजो) सोमबारदेखि स्वास्थ्य बिमा सदस्यता दर्ता कार्यक्रम सुरु गरिएको छ ।

यसअघि ‘मेयर दीर्घायु कार्यक्रम’ सुरु गरेको टोखाले स्वास्थ्य बिमा सदस्यता दर्ता कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो स्वास्थ्य बिमा दर्ता गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रमको अवसरमा नगरप्रमुख अधिकारीले नगरवासीलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको बताए ।

उनले स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन सबै नगरवासीलाई आग्रहसमेत गरेका छन् । टोखाले नगरवासीलाई छिटोछरितो र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नगरप्रमुख अधिकारीको भनाइ रहेको छ । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलले नगरवासीलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य बिमा दर्ता कार्यक्रम सुरु गरिएको बताइन् । कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिलप्रसाद जोशी, विभिन्न वडाका वडाअध्यक्ष एवं जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया