नेपाल लाइफद्वारा अनमोल जीवन बिमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताको सुझाव मध्यनजर गर्दै नयाँ–नयाँ जीवन बिमा योजनाहरू ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बिमा योजना ल्याएको हो । यो मुनाफामा सरिक हुने सावधिक तथा आजिवन जीवन बिमा हो ।
बिमा अवधि समाप्तिपश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिमअन्तर्गत बिमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बिमा योजनाको अर्को विशेषता हो ।
विशेषता
१८ वर्षदेखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्र्षसम्म अवधिको यो बिमा योजना लिन सक्नेछन् । बिमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम २५ हजार रुपैयाँदेखि आयश्रोतको आधारमा जति पनि बिमांक रकमको बिमा गर्न सकिनेछ ।
बिमा शुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्नेछ । यदि बिमालेख जारी गर्ने समयमा वार्षिक बिमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बिमा शुल्कमा १% छुट प्राप्त हुनेछ तर अर्ध वार्षिक छनोट गर्दा छुट प्राप्त हुने छैन । त्यसैगरी यदि बिमालेख जारी गर्ने समयमा त्रैमासिक बिमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बिमा शुल्कमा ३% थप लाग्नेछ भने मासिक छनोट गर्दा छ प्रतिशत थप लाग्नेछ ।
ऋण तथा समर्पण सुविधा
कम्पनीका अनुसार यो बिमा योजनामा वार्षिक तीन किस्ता बिमा शुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । समर्पण मूल्य प्राप्त भएको बिमालेखमा समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
बिमालेखको बिमा अवधि समाप्ति पश्चात पनि जोखिम बहन गरी रहने तर बीमितले चाहेमा, पूर्ण अवधि भुक्तानी भएको ५ वर्ष पूरा भइसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिनेछ । यसको साथै बीमितले इच्छाइए अनुसार अग्रीम भुक्तानीको रूपमा उल्लेख भए अनुसारसमेत भुक्तानी लिन सक्नेछ । यसको लागि बीमितले बिमा शुरु गर्दाको समयमा नै कुन तरीकाको सरभाईवल बेनिफिट लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।
बिमालेखको बिमा अवधि समाप्ति पश्चातको समर्पण गणना गर्दा सुरुमै उल्लेख गरेको सर्भाइबल बेनिफिट लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त हुने छैन ।
बिमा अवधि समाप्ति पश्चातको समर्पण तथा सर्भाइबल बेनिफिट सुविधा लिन परिपक्वसम्मको सम्पूर्ण किस्ता समयमै भुक्तानी गरेको हुनुपर्नेछ ।
ऐच्छिक सुविधाहरू :
दुर्घटना मृत्यु लाभ सुविधा (एडिबी)
१८ वर्षदेखिका बीमितले अतिरिक्त बिमाशुल्क तिरेर बिमाङ्क रकम बराबर अधिकतम एक करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ (एडिबी) सुविधा लिन सकिने छ ।
बिमाशुल्क छुट तथा पूर्णअशक्तता लाभ सुविधा
१८ वर्षदेखिका बीमितले अतिरिक्त बिमाशुल्क तिरेर बिमाङ्क रकम बराबर अधिकतम एक करोड रुपैयाँसम्मको बिमाशुल्क छुट तथा पूर्ण अशक्तता लाभ सुविधा लिन सक्ने छ ।
घातक रोग सुविधा :
१८ वर्ष देखिका बीमितले अतिरिक्त बिमाशुल्क तिरेर बिमाङ्क रकम बराबर अधिकतम ५० लाख रुपैयाँसम्मको घातक रोग सुविधा लिन सक्ने छ ।
बिमाङ्क रकम भुक्तानी पाउने अवस्था :
पूर्ण अवधि भुक्तानी
बिमालेख चालु रही बिमा अवधि समाप्ती मितिसम्म बीमित जीवित रहेमा बिमा अवधि समाप्तीको अन्त्यमा बिमाङ्क रकम र आर्जित बोनस बिमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइने छ ।
आंशिक अवधि भुक्तानी :
सबै किस्ता बिमाशुल्क भुक्तानी गरेको बिमालेखमा बिमा अवधि समाप्ति पश्चात बीमित जीवित रहिरहेमा तल उल्लेख गरे अनुसारको प्रतिशतमा बिमितले छनोट गरेबमोजिमको बिमाङ्क रकम पूनः प्रदान गरिने छ । जसको लागि बिमा शुरु गर्दाको समयमा नै बिमा अवधि समाप्ति पश्चात कुन तरिकाको बिमाङ्क लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।
क) बीमितको उमेर ७५ वर्ष पुगे पछि बिमाङ्क रकमको ६० प्रतिशत भुक्तानी गरिने र बिमालेखको अन्त्य हुने ।
ख) बीमितको उमेर ८० वर्ष पुगे पछि बिमाङ्क रकमको ८० प्रतिशत भुक्तानी गरिने र बिमालेखको अन्त्य हुने ।
ग) बीमितको उमेर ८५ वर्ष पुगे पछि बिमाङ्क रकमको १०० प्रतिशत भुक्तानी गरिने र बिमालेखको अन्त्य हुने ।
यदि बिमाशुल्क भुक्तानी अवधि समाप्ति पश्चात बीमितले आफूले उल्लेख गरेको आशिंक अवधि भुक्तानी उपभोग गर्नु अगावै बीमितको मृत्यु भएमा पुनः पुरा बिमाङ्क रकम प्रदान गरिनेछ ।
मृत्यु दाबी भुक्तानी
बिमालेख चालु रही बिमा अवधि समाप्ती भित्र जुनसुकै कारणबाट (बिमालेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक) बीमितको मृत्यु भएमा बिमाङ्क रकम + आर्जित बोनश एकमुष्ट भुक्तानी दिइने छ ।
सबै किस्ता बिमाशुल्क भुक्तानी गरेको बिमालेखमा बिमा अवधि समाप्ती पश्चातको सुविधा उपभोगको लागि छनौट गरेको उमेर भित्र जीवित लाभ रकम लिनु भन्दा अगाडि जुनसुकै समयमा बीमितको मृत्यु भएमा पूनः बिमाङ्क बराबरको रकम प्रदान गरिने छ ।
बिमा अवधि समाप्ती पश्चात कुनै पनि घटना घटेमा ऐच्छिक सुविधा वापतको रकमको दावि भुक्तानी दिइने छैन । यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको अवस्थामा चालु बिमालेख अन्तर्गत बिमा अवधि समाप्ती भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बिमालेखमा उल्लेख भएको बिमाङ्क रकम तथा एडिबीसुविधा वापतको बिमाङ्क रकम +आर्जित बोनश रकम एकमुष्ट भुक्तानी दिइनेछ ।
यदि दुर्घटना मृत्यु लाभ तथा पूर्ण अशक्तता लाभ सुविधा लिएको बिमालेख चालु रही बिमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट अङ्गभङ्ग भई पूर्ण अशक्तता भएमा बाँकी बिमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै पूर्ण अशक्तता सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।
सबै किस्ता बिमाशुल्क भुक्तानी नगरेको बिमालेख परिपक्व भएमा बिमा अवधि समाप्ती पश्चातको थप सुविधा तथा सो अवधिमा कुनै घटना घटेमा घटना वापतको रकम प्रदान गरिने छैन ।
प्रतिक्रिया