आइतबार, पुष ६, २०८२

बैंक अफ काठमाण्डू र हेफर नेपालबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा सहकार्य

नेपालखोज २०७८ चैत २ गते ११:५७

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरूमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा बैंकिङ क्षेत्रभन्दा बाहिर रहेकाहरूलाई बैकिङ चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरी बैंकिङ पहुँचमा ल्याउने लक्ष्य रहेको छ । उक्त कार्याक्रम संचालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्र्दभ सामाग्री निमार्ण गरी यो कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबद्ध रहेको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलीप पोखरेल तथा हेफर नेपालको प्रमुख डा. शुभनाथ महतोले हस्ताक्षर गरेका छन् । बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालय, ८५ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया