एमालेले विज्ञहरू बोलाएर चुनाव लक्षित छलफल सुरु गर्यो

काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावलाई लक्षित गरेर छलफल सुरु गरेको छ । केन्द्रीय सचिवालय बैठकले स्थानीय चुनाव केन्द्रित विभिन्न निर्णय गरेलगत्तै एमालेले स्थानीय चुनावको घोषणापत्र तयारीका लागि कार्यशाला आयोजना गरेको हो ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानले स्थानीय तहका छाता संगठनका नेताहरूसहित बुधबार घोषणापत्रको प्रारम्भिक मस्यौदाको अवधारणा बनाउन लागेको हो । बुद्धिजिवी परिषद्को प्रस्तावमा आयोजित कार्यशालमा घोषणापत्रमा समेटिने विषयहरूमाथि नै छलफल भइरहेको नगरपालिका संघका अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुले बताए ।

स्थानीय तहको चुनावका लागि केन्द्रीय कार्यालयको तर्फबाट केन्द्रीय घोषणापत्र तयार पार्ने र ७५३ स्थानीय तहको लागि एउटै फर्म्याटमा यसबीचमा गरिएका कामको विवरण र गर्ने कामको प्रस्तावसहितको प्रतिबद्धतापत्र एकैसाथ जारी गरिने बताइएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठान स्थानीय तहका छाता संगठनका नेताहरूसहित छलफलमा जुटेको हो ।

कार्यशालमा पार्टीका वरिष्ठ नेताहरू, योजना आयोगका पूर्वपदाधिकारीका साथै विज्ञहरू सहभागी छन् ।




प्रतिक्रिया