आज देशभरको मौसम सामान्यतः सफा

नेपालखोज २०७८ चैत ३ गते ६:३७

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बिहार तथा आसपासका क्षेत्रमा निम्नचापीय प्रणाली रहेको छ। आज देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। राती पनि देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै, शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने, राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै, शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने, देशका पहाडी भू-भागका केही स्थानहरूमा मेगगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावाना छ।

राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानहरूमा मेगगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावाना रहेको छ।

अहिले देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया