शनिबार, असार १४, २०८२

उपचार गर्न अस्पताल जाँदा पिसीआर परीक्षण नगर्नुपर्ने

नेपालखोज २०७८ चैत ४ गते १४:०५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसीआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा .समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को संक्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसीआर परीक्षण गराउनु नपर्ने बताए ।

यस अघि अस्पतालमा उपचारका लागि जाँदा पिसीआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । सरकारले पिसीआर परीक्षणको शुल्क आठ सय रुपैयाँ तोेकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्य रुपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया