विकासका लागि जनता पनि चनाखो हुनुपर्छ : अध्यक्ष नेपाल

नेपालखोज २०७८ चैत ४ गते २१:५५

गोरखा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भूकम्पले क्षति पुर्‍याएका गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा (एकीकृत समाजबादी) पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले लाप्राकसम्म सडक स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पुर्‍याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताए। लाप्राकको नमुना बस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकले गुनासो गरेपछि उनले राजधानी फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने बचन दिए ।

विकासका लागि जनता पनि चनाखो हुनुपर्नेमा नेपालले जोड दिएका छन् । “विकासका लागि सरकार र मन्त्रीलाई घचघच्याउने काम मेरो हो”, उनले भने, “तपाईहरु पनि लाग्नुस, सामूहिकतामा काम गर्न सकियो भने विकास सजिलै हुनसक्छ ।”

प्रतिक्रिया