बेस्ट फाइनान्सको सेवा उच्चतम् प्रविधि

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । फाईनान्स संचालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा शुक्रबार बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक बर्ष २०७७ र २०७८ को सँचालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरण पारित गरेको छ । साथै आर्थिक बर्ष २०७८ र २०७९ का लागि लेखा परिक्षकको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ । सभामा शेयर धनीहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ संस्थाका अध्यक्ष पौडेलले दिएका थिए । संस्थाको भावी योजना सम्बन्धमा प्रमूख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले प्रकाश पारेका थिए ।
कार्यक्रममा संस्थाका मुख्य लगानी कर्ता , एनआरएनका सचिव राजेन्द्र कुमार शर्मा, एशिया प्याशिफिक क्षेत्रका संयोजक रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द) ले बोलेका थिए । कार्यक्रममा संस्थाका कम्पनी सचिव राजसुन्दर श्रेष्ठले संचालन गरेका थिए । आर्थिक तथा पर्यटकीय नगरी चितवनको नारायणगढ, सहिदचोकमा १५ औँ शाखा विस्तार गरेको फाइनान्सले निकट भविष्यमा बागलुङको गलकोट , प्रदेश नं. २ को विरगंज तथा प्रदेश नं. १ को इटहरी सहित अन्य जिल्लाहरुमा शाखा कार्यालय खोल्ने योजना रहेकोे बताइएको छ ।
वेष्ट फाईनान्स कम्पनी लिमिटेडले पछिल्लो बर्षमा उल्लेख्य वित्तिय विवरण सुधार गर्दे आफनो ग्राहक वर्गलाई उच्चतम प्रविधिका साथ सेवा उपलब्ध गराउँदै आएको छ । घरमै बसि अनलाईन मार्फत सहज तथा सरल तवरले खाता संचालनको नया सुविधा समेत संस्थाले हालसालै संचालनमा ल्याएको प्रमूख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले बताए ।

प्रतिक्रिया