पत्थरी भए के खाने के नखाने ?

काठमाडौं । हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छ । कसै-कसैमा एउटा मात्र हुन्छ तर पनि त्यसले उत्तिकै कार्यसम्पादन गर्नसक्छ । नेपालमा मिर्गौला रोगबाट जुनसुकै उमेरका मानिसहरू ग्रसित हुने गरे पनि प्राय: २० देखि ५० वर्षसम्मका मानिस ज्यादा प्रभावित भएको तथ्यांकबाट देखिएको छ । मिर्गौलाले शरीरका विकारहरु बाहिर निकाल्छ र शरीरमा पानीको मात्र सन्तुलित राख्छ ।
रगतमा सोडियम र पोटासियमको मात्रा सन्तुलनमा राख्न सघाउँछ । एसिडलाई पनि सन्तुलित राख्छ । शरीरमा पानीको मात्रा कम भयो भने पत्थरीको सम्भावना हुन्छ । कतिपय मानिसलाई गर्मीमा पसिना ज्यादा आउने भएकाले शरीरमा पानी सन्तुलित राख्न सधैँजसो कम्तीमा ४ देखि ५ लिटर पानी पिउनु आवश्यक हुन्छ । मिर्गौलाले दूषित पदार्थ छानेर पिसाबबाट निकाल्ने गर्छ ।
पत्थरी भएको लक्षण पिसाब खुलस्त नहुनु वा छिनछिनमा भइरहनु हो । पिसाब पोल्ने ढाड तथा कम्मरको पछाडिका अन्य भाग दुख्ने मुत्राशय दुख्ने आदि अन्य लक्षण हुन् । मुत्रनलीबाट पत्थरी तल्लो भागसम्म आएको छ भने पिसाब फेर्न ग्राहो हुन्छ । पिसाबमा धेरै वा थोरै रगत देखा पर्न पनि सक्छ ।
कोलेस्टोरल, अक्जालेट, फसकेट, युरेट्स, युरिक एसिड आदि तत्त्वहरु मिलेर पत्थरी बन्छ । यस्ता तत्वहरु प्राय खानपिनको अनियमितताले हुनेगर्छ । हाम्रो समाजमा ढुंगाको सिलौटामा मसला र अचार पिसेर खानाले मिर्गौलामा जम्मा हुन्छ भन्ने धारणा छ तर यो लगत हो ।
पत्थरीको विभिन्न प्रकारका हुन्छन् । क्याल्सियम अकजालेट स्टोनमा अत्यन्त कडा हुने भएकाले यसले असहय दुखाउँछ । थोरै पानी पिउनेहरुमा यस्तो पत्थरी हुनेगर्छ । युरिक एसिड स्टोन युरिक एसिड बढी हुने मानिसहरुमा पाइन्छ । यस्ता पत्थरी एक्सरेमा देखिँदैन ।
यसलाई रेडियोलुसेन्ट स्टोन पनि भनिन्छ । स्ट्याकहर्न स्टोन बाह्रसिंगेको जस्तो सिङ भएको आकारका हुन्छन् । पत्थरी बन्नुका प्रमुख कारणमध्ये खानपिनमा लापरबाही मुख्य हो । असन्तुलित भोजनले पत्थरी बन्न सहयोग पुर्याउँछ । चिया, कफी, मासु, चिल्लो पदार्थ आदिले शरीरमा एसिड पैदा गर्न सक्ने भएकाले त्यस्ता पदार्थको सेवन गर्न काम गर्नुपर्छ ।
क्याल्सियम प्रकृतिको पत्थरी छ भने दूध तथा त्यसबाट तयार पारिएका परिकार कम खानुपर्छ । पोटासियमयुक्त फलफूल तथा सागपात खादा पत्थरी बन्ने सम्भावना कम हुन्छ ।
आक्जलेट प्रकृतिको पत्थरी छ भने पालुडे, कर्कलो, पुदिना, सहिजन, तिल, बदाम, चिया आदि कम खानुपर्छ । युरिक एसिड पत्थर छ भने रातो मासु, कलेजो, गेडागुडी, चिल्लो तथा वियर जस्ता पेय पदार्थ खानै हुँदैन । मौसमअनुसार पाउन सकिने फलफूल स्याउ, अनार, तर्बुजा, केरा, मेवा आदि खान सकिन्छ ।
पिसाबनली, पिसाब थैलीको मुखमा तथा पिसाब निस्कासन गर्ने नलीमा पनि अड्किएर रक्तस्रावजस्ता जटिलता उत्पन्न हुन सक्ने समस्याबाट पनि सतर्कता अपनाउनुपर्छ ।
प्रतिक्रिया