भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त

नेपालखोज २०७८ चैत ६ गते २०:३९

काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नियुक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शर्मालाई भारतको राजदूतमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भारतका लागि नेपाली राजदूतमा प्रस्तावित डा. शर्माको एग्रिमो नयाँ दिल्लीले चैत २ मा पठाएको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक ११ गते शर्मासहित तीन देशका लागि राजदूत सिफारिस गरेको थियो । अमेरिका र बेलायतबाट एग्रिमो आइसकेर ती दुवै देशमा नेपाली राजदूतहरुले कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया