मंगलबार, वैशाख १६, २०८२

कुरानको कथा

नेपालखोज २०७८ चैत ७ गते ७:२१

इस्लामको सर्वोच्च धर्मग्रन्थ कुरान हो । यसमा अल्लाहको सन्देश संकलन गरिएको छ । विभिन्न मतभेदका बाबजुद तमाम मुसलमानहरुका कुरान अल्लाहले पठाएको अन्तिम पुस्तक हो । यसलाई अल्लाहले आफ्ना दुत जिब्राइलमार्फत पैगम्बर-ए-इस्लाम हजरत मोहम्मद साहबसम्म पुर्याइएको थियो ।

कुरानमा न त अतिरिक्त एक शब्द जोडन सकिन्छ न त कुनै शब्द हटाउन सकिन्छ । यही कारणले कुरानका केही आयत हटाउने कुरा गर्दा सिया-सुन्नी, देवबन्द-बरेलवीसहित तमाम मुस्लिमहरु त्यसका विरुद्ध एकजुट हुन्छन् ।

कुरान शब्दको पहिलो उल्लेख कुरान आफैंमा छ । त्यहाँ यसको अर्थ उसले पढ्यो भनेर बुझाइएको छ । कुरानमा कुरानको उल्लेख ७० पटक भएको छ । कुरान पनि अरु ग्रन्थ झैँ विभिन्न भागमा बाँडिएको छ । कुरानमा मूल रूपले ११४ भाग छन् । यी आयत एक वाक्यका हुन्छ ।

कुरानमा कुल ६,६६६ आयत छन । केही आयत धेरै छोटा छन् भने केही ठूला । कुरानको सबैभन्दा ठूलो भाग (सुरह) अल-बकरा हो जसमा २८६ वटा आयत छन् । सबैभन्दा सानो सुरह ( भाग) अल-कौसर हो जसमा केवल तीन आयत छन् । त्यसका अलावा कुरानमा कुल ५४० रूकु, १४ सज्दा, ८६ ,४२६ शब्द, ३३,३७६ अक्षर तथा ३५ नबि वा रसुल छन् । मुस्लिम समुदायका तमाम समूह यो अल्लाहले पठाएको किताब हो भन्ने कुरामा एकमत छन् । यसमा कुनै पनि किसिमको शंका वा सन्देह गरिँदैन ।

अल्लाहले जिब्राइलमार्फत पहिलोपटक कुरानलाई पैगम्बर हजरत मोहम्मदमाथि नाजिल (अवतरित) गराए । त्यतिबेला पैगम्बर हिरास्थित पहाडी गुफामा इबादत गरिरहेका थिए । कुरानलाई पैगम्बर हजरत मोहम्मदमाथि अल्लाहले अलिअलि गरेर २३ वर्षमा २३ नाजिल गरेको बताइन्छ । यो एउटा यस्तो किताब हो जिसमा कहिल्लै कुनै छेडछाड वा परिवर्तन भएन र न भविष्यमा हुन सक्छ । यसमा कसैले कुनै काँट-छाँट गर्न सक्दैन । अल्लाह आफैंले यो धर्मग्रन्थको हिफाजत (रक्षा) को जिम्मेवारी लिएको विश्वास गरिन्छ ।

प्रतिक्रिया