युक्रेनका राष्ट्रपतिले भने- वार्ता विफल हुनुको अर्थ तृतीय विश्वयुद्धको संकेत हो

किएभ ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी अतिक्रमण अन्त्य गराउने वार्ता विफल हुनुको अर्थ तृतीय विश्वयुद्ध हुने बताएका छन्। सीएनएन टेलिभिजनसँग कुरा गर्दै जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुरा गर्न आफू तयार रहेको जनाए ।
जारी लडाइँ अन्त्य गर्ने एउटै बाटो भनेको वार्ताहरू भएको कुरामा आफ्नो विश्वास रहेको पनि उनले उल्लेख गरे । मलाई लाग्छ सहमति गर्ने सम्भावना पहिल्याउनका निम्ति जुनसुकै स्वरूप, अवसरको सदुपयोग गर्नुपर्छ’ जेलेन्स्कीले भनेका छन् ।
यद्यपि रुससमर्थित पृथक्तावादीको पकडमा रहेका क्षेत्रहरूलाई युक्रेनले स्वतन्त्र भएको मान्यता दिनुपर्ने कुनै सम्झौतामा सहमति जनाउन नसक्ने उनले स्पष्ट पारे । जेलेन्स्कीका अनुसार युक्रेन उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको सदस्य भएको भए युद्ध शुरू हुने थिएन ।
जेलेन्स्किीले भने, ‘नेटोका सदस्य राष्ट्रहरू हामीलाई आफ्नो गठबन्धनमा हेर्न तयार छन् भने त्यो तत्काल गर्नुपर्यो । किनकि हरेक दिन मानिसहरू मरिरहेका छन्।’
प्रतिक्रिया