आज विश्व कविता दिवस
नेपालखोज
२०७८ चैत ७ गते १०:४९

काठमाडौं । साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदै छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिए ।
सन् १९९९ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ । रासस
सम्बन्धित
प्रतिक्रिया