१३३ यात्रु बोकेको विमान पहाडमा खस्यो, सबैको मृत्यु भएको आशंका

काठमाडौं । दक्षिणी चीनमा १३३ यात्रु बोकेर उडेको एउटा विमान दुर्घटना भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार चाइना इस्टर्न एयरलाइन्सको विमान घरेलु उडानका क्रममा दुर्घटना भएको हो ।
चाइना इस्टर्न एयरलायन्सको ७३७ विमान दुर्घटना भएको हो । चीनको कुन्मिङबाट ग्वान्झावका लागि सोमबार दिउँसो १:१५ बजे उडेको उक्त विमान बुझो सहरको ग्रामिण क्षेत्रमा दुर्घटना भएको ग्लोबल टाइम्सले जनाएको छ। १३३ जना सवार रहेको उक्त विमान ३:०७ बजे ग्वान्झावमा अवतरण गर्ने तालिका रहेको सीसीटीभीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ।

सिन्ह्वाका अनुसार उद्धार टोली दुर्घटनास्थलमा परिचालन गरिएको छ । उक्त विमानमा १२ बिजनेश क्लाससहित १६२ सिट रहेको बताइएको छ। ग्वान्झोउको कुन्मिङबाट उडेको विमान गुआङसी प्रान्तको पहाडमा खसेको सञ्चारमाध्यमले जनाएका हुन् । दुर्घटनास्थलमा उद्दार टोली खटिएको छ । पहाडमा विमान खसेपछि आगो लागेका तस्वीरहरु चिनीयाँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । हताहतिको विवरण आइसकेको छैन । के कारणले विमान दुर्घटना भयो भन्ने पनि आउन बाँकी छ ।
प्रतिक्रिया