एमसीसीको विरोध गर्ने जनता पनि एमसीसीबारे स्पष्ट भए : रामचन्द्र पौडेल

नेपालखोज २०७८ चैत ७ गते २०:४०

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने बताएका छन् । तनहुँको भानु नगरपालिका-१३ खड्कागाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धन आवश्यक रहेको र त्यसको निर्णय स्थानीयस्तरको आवश्यकताका आधारमा हुने बताए ।

अहिलेको अवस्थामा कांग्रेसका लागि पनि गठबन्धन आवश्यक रहेको पौडेलको भनाइ थियो । उनले भने, ‘कांग्रेस जम्मा ३० प्रतिशत थियो, ७० प्रतिशत कम्युनिष्ट छन्, कम्युनिष्टसँग लड्नका लागि पनि गठबन्धन आवश्यक छ ।’

सुरुमा एमसीसीको विरोध गर्ने जनता पनि एमसिसीको बारेमा स्पष्ट भएको पौडेलको भनाइ थियो । पौडेलले भने, ‘सुरुमा एमसिसीको विरोध गर्ने जनता पनि एमसिसीको बारेमा स्पष्ट भए । सुरुमा एमसीसी सुन्ने बित्तिकै जनता विरोधमा उत्रिन्थे, एमसीसीको विपक्षमा ठूलो माहोल थियो, अहिले जनताले पनि बुझिसकेका छन् ।‘

प्रतिक्रिया